घिउ, दाल, चामल र गुन्द्रुक बोकेर बाबुराम भट्टराई हवाइजहाज चढे

एसएलसीको नतिजापछि बाबुराम भट्टराई विज्ञान पढ्न काठमाडौं आए । नेपाली विषयमा एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याएकाले मदन पुरस्कार गुठीले पुरस्कृत गर्यो । त्यतिबेला प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुने सबै बिद्यार्थीको लक्ष्य डाक्टर, इन्जिनियर बन्ने हुन्थ्यो । बाबुराम पनि त्यसबाट अछूतो रहेनन् ।त्यतिबेला गोरखामा मोटरबाटो पुगेको थिएन, पालुङटारमा विमानसथल भनेको बनेको थियो । अमृत साइन्स क्याम्पसमा पढ्ने लक्ष्य बोकेर उनी पालुङटार विमानस्थलबाट जहाज चढे । हवाइजहाजको भाडा ४४ रुपैयाँ थियो । दुई सय रुपैयाँ नगद, चामल, घिउ, दाल र गुन्द्रुक बोकेर काठमाडौँ आए बाबुराम । गाउँकै चिनजानका व्यक्तिकोमा पहिलो रात बित्यो । दोस्रो दिन उनी जेठाबाको छोरासँगै ठमेलको सडकछेउमै खोजेको डेरामा बसे । तर, त्यहाँको धूलो–धूवाँ र गाडीको हरदम कर्कश आवाजले बाबुरामलाई त्यहाँ बसन टिक्न दिएन । दोस्रो दिन नैं सरस्वती क्याम्पसअगाडीपट्टिको घरमा ५० रुपैयाँ मासिक भाडा तिर्ने गरी कोठमा भेटे र सरिहाले । डेरा सरिसकेपछि उनले थाहा पाए, त्यो त कवि लेखनाथ पौड्यालको घर रहेछ । भनिन्छ, हरेक मान्छे जीवनमा दुईचोटी कवि बन्छ । वयस्क र बृद्ध अवस्थामा । बाबुराम कवि त बनेनन् तर लेखनाथ पौड्यालको घरमा बस्ने थालेपछि उनमा साहित्यप्रतिको रुचि भने बढेर गयो । उनले त्यहाँ बस्दा साहित्यिक पुस्तक खुब पढे । लेखनाथको भैतिकर शरीर परलोक भइसकेको भए पनि उनको त्यस घरले बाबुरामलाई दिएको प्रेरणा उच्चस्तरको रह्यो । हरेक विषय र क्षेत्रका पुस्तक पढ्न रुचाउने बाबुराम सबै विषयमा उत्कृष्ट थिए ।सबै विषयमा उत्कृष्ट अङ्क प्राप्त गरेर आईएस्सीमा पनि उनी प्रथम भए । सहर र गाउँबीच उहिलेदेखि नै ठूलो खाडल छ । एक त सहरका त्यसमाथि अङ्ग्रेजी विद्यालयमा पढेकाहरुले गाउँका सरकारी विद्यालयमा पढेर आएकालाई हेप्नु सामान्य थियो । तडक भडक देखाउने, अङ्ग्रेजीमा बोल्ने, गाउँबाट आएकालाई हेप्ने सहरिया प्रवृत्ति थियो । अहिले पनि त्यो समस्या छ । कहाँको सेन्ट जेभियर्समा पढेर आएका सहरिया सम्भ्रान्त वर्गका छोराछोरी, कहाँ खोप्लाङे बाबुराम रु बाबुराम पनि त्यो विभेदको सिकार बने । तर, जब आईएस्सीमा अङ्ग्रेजी विषयमा सर्वोत्कृष्ट र सामान्य परिणाममा सबैलाई उछिने, उनलाई हेर्ने विद्यार्थी दृष्टिकोणमा पनि बदलियो । पत्रकार अनिल थापाले लेखेको पुस्तक ‘अविराम बाबुराम’को एक अंश
स्रोत : अमेरिका नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses