४३ वर्षीया सवित्रा न्यौपानेले ७८ वर्षिय लालबहादुर सुनारसँग बिबाह गरेपछि
गत शनिवार गुल्मीको अर्वेनीमा दुई वेग्ला वेग्लै दृश्य देखियो । एकातिर वाजागाजाका साथ विवाहको रौनकमा खुसी हुँदै एक महिला र पुरुष रमाउँदै थिए भने अर्को तिर त्यसै गाउँ नजिकै उनै महिलाका पूर्व पति र उनका स–साना छोरा–छोरीको विचल्ली थियो । गत वर्ष भूकम्पले घर भत्काई दिएर अर्कैको घरमा आश्रय लिनु परेका अर्वेनी ६ का ७० वर्षीय चन्द्रकान्त न्यौपानेकी ४३ वर्षीया सवित्रा न्यौपाने श्रीमति स्थानीय ७८ वर्षिय लालबहादुर सुनारसँग त्यस दिन लगन गाँठो घर भित्रिँदै थिइन् । चन्द्रकान्त राम्रोसँग बोल्न सक्दैनन् । अहिले श्रीमतीले पनि छाडेर गएपछि उनका छोराछोरीको विचल्ली भएको छ । चन्द्रकान्तको साथमा १५ र ११ वर्षीय छोरा छन् भने ७ वर्षीया छोरी रहेका छन् । भूकम्पले घर भत्काईदिएपछि अर्कैको शरणमा बस्दै आएका चन्द्रकान्तको श्रीमतीलाई छिमेकीले नै भगाइदिएपछि तनावमा छन् ।छिमेकी भगवती न्यौपानेका अनुसार उनको जेठो छोरा काठमाडौँमा रोजगारी गर्दै पढ्ने गरेका छन् । १५ वर्षका माईलो छोरा बिनोद स्थानीय भगवती माविमा कक्षा ८ मा, ११ वर्षीय धर्मगत कक्षा ६ मा र छोरी ७ वर्षिय कृति कक्षा २ मा पढ्छन् । अति विपन्न परिवार भएकै कारण तिनै जना छोराछोरीलाई विद्यालयले स्कूलको लुगासहित अध्ययन सामाग्री निःशुल्क सहयोग गरेको छ । ‘विहान सा“झ के खाने भन्ने ठूलो समस्या छ’, भगवतिले भनिन्, ‘आमा हिंँडेपछि केही छाक मैले खुवाए“, धेरै काम गर्न सक्दैन्, आफु र केटाकेटी पाल्न समस्या नै ठूलो भयो ।’ भगवति बाहेक चन्द्रकान्तका भतिजा चिन्तामणीले पनि छोराछोरीको रेखदेख गर्ने गरेका छन् । भूकम्पले घर भत्काईदिएपछि बास विहिन बनेको परिवार अर्वेनी ५ का धर्मगत न्यौपानेको घरमा आश्रय लिएर बस्दै आएको छ ।उनको घर भुकम्प पीडितको सूचीमा पनि छैन । घर भत्केपछि अहिलेसम्म कुनै राहत पनि पाएका छैनन् । उनको पुरानो घर अर्वेनी ६ बोझा गाउ“मा थियो । गाउँमा उनको खेती गर्न योग्य डेढ रोपनी जग्गा मात्र छ ।
केटाकेटी कसरी पाल्ने मात्र चिन्ता भन्दा पनि श्रीमति नजिकै अन्य जातका छिमेकीले बिहे गरिदिएकोमा बढी चिन्ता चन्द्रकान्तलाई भएको स्थानीय कमल न्यौपानेले बताए । उनको आवाज राम्रोसंग बुभ्mन सकिंँदैन् । ‘समाजले अलि टाढा राखिदिएको भए हुन्थ्यो भन्ने उनको चिन्ता छ’, कमलले भने, ‘आमनेसामने भैरह“दा निकै समस्या भएको छ ।’ उनीहरु दुई परिवारको घरको दुरी १५ मिनेटको पैदल यात्रामा छ । चन्द्रकान्तको खरबारीमा लालबहादुरको घरछेउबाटै जानुपर्ने भएकाले मंगलबार नै दुईजना कुटाकुट गरेको उनले बताए । लालबहादुरको परिवार गाउ“बाटै धपाईएको भन्दै पुर्नस्थापनामा बाजागाजा सहित अर्को घर बनाएर भित्र्याएर समाजले न्याय गरेपनि चन्द्रकान्तको परिवारमा झन् ठूलो समस्या थपिएको गाविस सचिव भोजबहादुर रानाले बताए ।
‘एकातिर घर उजाडिएको छ’, उनले भने ‘अर्कातिर जमाईएको छ । आमाको साथ नपाएर विचल्लीमा परेका उनका छोरा छोरीलाई सहयोगको प्रयास भइरहेको उनले बताए । ११ वर्षिय छोरा धर्मागतले घरमा खाने खर्च नहु“दा चिन्तामणी न्यौपानेको घरमा गएर खाने गरेको बताए । ‘कहिलेकांही खानेकुरा केही हु“दैन’, उनले भने, ‘हामी चिन्तामणी अंकलकोमा जान्छौं, बा भोकै सुत्नुहुन्छ ।’ दाई बिनोद विद्यालय छुट्टी भएको बेला अर्काकोमा मेलामा जाने र बाबु मजदुरी गरेको पैसाले चामल किन्ने गरेको उनले बताए । उता, प्रेम सम्बन्ध खुलेपछि पुष १ गते गाउ“बाटै धपाईएका अर्वेनी ५ का लालबहादुर सुनार र साबित्रा न्यौपाने बिच अधिकारकर्मी र स्थानीय समाजले नै धुमधाम बाजागाजाका साथ शनिवार दोस्रो विवाह गराइदिएर पुर्नस्थापना गरेका थिए ।स्रोत : खबर संसार
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses