‘सुन साइँली साइँली’ भन्दै भाइरल भयो जुन तस्वीर

अहिले सोसलमिडियामा हेमन्त रानाको ‘साइली’ गित जति चर्चित भएको छ, उत्तिकै चर्चित छ, एक मजदुरको फोटो ।
हेमन्तको गितमा –‘सुन साइँली साइँली परदेशबाट म आउँला, सुन साइँली साइँली चालीस काटेपछि रमाउला’ भन्ने शब्दहरु छन् ।यही गितलाई सन्दर्भ दिँदै ती मजदुरको फोटो सोसल मिडियामा छ । तर, यो फोटो को मजदुरको हो ? कहाँ खिचिएको हो भन्ने केही छैन ।कार्टुनिष्ट रवीन सायमीले मजदुरको फोटोे समाजिक संजाल फेसवुकमा पोष्ट गर्दै लेखेका छन्, ‘सुन साइँली, परदेशमा होइन देशमै छु, चालसी त के जुनी कटेपनि रमाउन पाइला जस्तो छैन ।’ रवीनले रातोपाटीसँगको कुराकानीमा आफुले पनि तस्वीर कसैको फेसवुकबाट लिएको बताए । सायमीले लेखक नरेन्द्रजंग पिटरको फेसबुकबाट लिएको बताए । तपाईंले हेर्नुहोस्, कामले थकित एक मजदुर चना र भुजा खादै गरेका छन् । टाउकोमा रातो रुमाल बाँधेका छन् । जिन्स फाइन्ट लगाएका छन् । सेन्डो लगाएका छन् । निकै गहिरोसँग केही हेरेका छन वा सोचेका छन्, उनले ।
के यी नेपालको कुनै भूभागका काम गरेका मजदुर हुन ? तपाईं कोही उनलाई चिन्नु त हुन्न ?लेखक नरेन्द्रजंग पिटर फोटो राखेर फेसबुकमा लेख्छन् : एक श्रमिकको महाचिन्तन र भोजन । जीवनका सुन्दरता के हुँन ! सुख र चैन के हो ! श्रम र पशिना के हो ! धरतीलार्इ कुन श्रमले सिँगार्यो ! श्रमको मुल्य के हो ! यदी श्रमिक नभएको भए यो संसार कस्तो हुन्थ्यो, होला ! मेरो श्रम किन्नेले के मेरा विवेक, मनमस्तिक किन्न पनि सक्लान ! मैले जन्माउने सन्तान के होलान ,यस संसारमा । पशिना गन्हाउछ कि बास्ना आउछ ? हजुर । माफ गर्नुस …हजुर ,म भ्यालिन्टाइन डे वा यनिभर्सरी भनेर मेरी पृयतमसंग नारिएको फुटु यहाँ टास्न नसके पनि सोच्न….. त पाँउदिन र ! मलाइ काम गर्न, सोच्न त बन्देज छैन होलानी… मेरा यि चिन्तन मात्र नभै ज्वालामुखी पनि हुन सक्छन हजुर, त्यो चाही सोचिदिनुस् । हो हजुर…. एउटा श्रमिक पनि सोच्न सक्छ, हेक्का राख्नुस्… हजुर, सपना देख्न सक्छ , त्यो ‘लाटोबुद्दी’ संसारको सवभन्दा ठूलो शक्ति हो ।बन्न सक्छ । श्रमिकहरू बोल्ने औजारमात्र हुँदैहैनन्… हजुर ।पिटरले रातोपाटीसँगको कुराकानीमा ज्ञान श्रेष्ठको फेसबुकबाट  फोटो लिएको उल्लेख गरेका छन् ।स्रोत : रातो पाटि

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses