यता श्रीमतीले अनैतिक सम्बन्धबाट बच्चा जन्माए झाडीमा फ्यालेपछि

अनैतिक सम्बन्धबाट गर्व रहेको र समाजले थाहा पाउने डरले बच्चा जन्माएर खोलामा फ्यालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा रहेका बेला परपुरुषसंगको अनैतिक सम्बन्धबाट बच्चा जन्माएर खोलामा फ्याक्ने पाँचथर रवी – ९ निवासी यमुना न्यौपाने अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । २७ वर्षीया न्यौपानेका श्रीमान रोजगारीका सिलशिलामा गत भदौ महिनामा साउदी अरब गएको प्रहरीले जनाएको छ । श्रीमान् रोगजारीका सिलसिलामा साउदी गएपछि माइती घर दमक–६ वस्दैै आएकी अधिकारीले दमकस्थित रतुवा खोलाको पुलमुनी झाडीमा सालनाल सहितको बच्चा गत २७ गते बिहिबार फ्यालेको अवस्थामा शिशुको शव स्थानीयवासीले फेला पारेका थिए । खोलामा नवजात शिशुको शव फेला परेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।स्थानीयवासीले प्रहरीलाई खवर गरे लगत्तै शिशुको शवको आवश्यक प्रक्रिया पूरा गरी पोष्र्टमाटम गरिएको र फरार महिलाको खोजी कार्य जारी राखिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । सोही क्रमम विशेष सुराकीको आधारमा ति महिलालाई पक्राउ गरिएको हो–प्रहरी नायब उपरीक्षक लिम्बूले भन्नुभयो ।पक्राउ परेकी महिलालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भइरहेको र गर्व पतन सम्बन्धीको महलमा उनलाई मुद्धा चलाउने तयारी गरेका छौं – प्रहरी नायव उपरीक्षक लिम्बूले भन्नुभयो ।स्रोत : पुर्बेली न्यूज

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses