श्रीमानलाई खुसी बनाउने १२ तरिका..(थाहा पाउनुहोस)
जब एक महिलाको विवाह हुन्छ तब उनी यहि मनोकामना लिएर बसेकी हुन्छिन् कि ?उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस् । महिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ । श्रीमानलाई खुसी बनाउने हो त ?श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ । तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ । त्यसकारण हामी तपाईंलाई श्रीमानलाई सधै खुसी राख्ने तरिका बताउँदैछौँः
१, उनको कुराहरु सुन्नुहोस्ः
धेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस् ।
२, उनको जिम्मेवारीलाई बाँड्नुहोस्ः
थुपै्र पुरुषहरु श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च टार्नुहोस् ।
३, उनको करियरमा रुची लिनुहोस्ः
तपाईंको विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनुहुन्छ भन्ने महसुस होस् ।
४, पैसा बगाउन बन्द गर्नुहोस्ः
अनावश्यक रुपमा पैसा खर्च गरेको कुनै पनि श्रीमानलाई राम्रो लाग्दैन । तपाईंको बढिरहेको सपिङको बिलले तपाईंलाई तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि शपिङ गर्दा तपाईं आफ्नै पैसा खर्च गर्नुहुन्छ भने यसबाट उनलाई केहि पनि फरक पर्दैन ।
५, बेडमा उनलाई खुसी राख्नुहोस्ः
यदि आफ्नो श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन नदेखाउनुहोस् ।
६, बेकारको बहस नगर्नुहोस्ः
श्रीमतीहरु आफ्नो श्रीमानसँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् । जसले गर्दा सम्बन्ध नै खतरामा पर्न सक्छ । तपाईं भने यस्तो गर्नबाट बच्नुहोस् ।
७,उनलाई तपाईंको कार्यक्रमको जानकारी दिनुहोस्ः
तपाईंलाई आफ्नो प्लान बनाउनका लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस् जसले गर्दा उनलाई नराम्रो नलागोस् ।
८, आफ्नो जीवन पनि बाँच्नुहोस्ः
कोही पनि साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।
९, आर्थिक रुपमा उनलाई कहिले पनि धोका नदिनुहोस्ः
महिलाले कहिले पनि आफ्नो श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन । यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर राखेमा के तपाईंलाई राम्रो लाग्छ ?
१०, भविष्यको योजना एकसाथ बनाउनुहोस्ः
चाहे तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा होस्, भविष्यको सबै योजना एकसाथ बनाउनुहोस् ।
११, उनको आमा–बुवालाई इज्जत गर्नुहोस्ः
जसरी तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई सम्मान गर्नुहोस् ।
१२, उनको साथी बन्नुहोस्ः
तपाईहरु दुईमा श्रीमान–श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्, उनको आमा अथवा बोस होइन । स्रोत : पुर्बेली न्यूज
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses