सावधान ! यी हुन् मिर्गौला रोगका १० संकेत(जानी राखौ )

प्रायः मिर्गौला रोग सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ । मुत्रविज्ञका अनुसार गलत खानपान तथा औषधिको साइड इफेक्टका कारण मिर्गौला खराब हुन्छ । त्यसैले केही सावधानी अपनाउन सकेमा यसबाट बँच्न सकिन्छ । मिर्गौलामा समस्या उत्पन्न भएपछिका १० प्रारम्भिक लक्षण यस्ता हुन्छन्, जसलाई नजरअन्दाज गरियो भने अन्ततः ज्यान नै जोखिममा पर्दछ:
१. बारम्बार पिसाब लाग्नु । रातमा अझ बढी पिसाब लागिरहनु ।
२. पिसाब गर्दा पोल्नु, दुख्नु, अप्ठेरो महसुस हुनु ।
३. पिसाबमा रगत वा पिप देखिनु ।
४. जिउ सुन्निनु जसलाई इडेमा भनिन्छ । मिर्गौला खराब भएसँगै शरीरमा जम्मा भएको पानी तथा नुन छानिएर बाहिर आउन पाउँदैन, त्यसैले सरीर फुलिन्छ ।
५. रक्तअल्पता र कमजोरी । मिर्गौला खराब भएसँगै रगमा अक्सिजनको आपूर्ति राम्रोसँग हुँदैन जसले रक्तअल्पता तथा कमजोरी पैदा हुन्छ ।
६. छालाको समस्या । मिर्गौलाको खराबीले शरीरबाट विषाक्त पदार्थ बाहिर आउन पाउँदैन, जसका कारण छालामा समस्या देखा पर्दछ ।
७. मुखबाट गन्ध आउने । मिर्गौलाको खराबीका कारण रगतमा युरियाको लेभल बढ्दछ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ ।
८. रक्तचाप बढ्नु । मिर्गौला खराब भएसँगै रगतमा पानी तथा नुनको मात्रा बढ्दछ, जसका कारण रक्तचाप बढ्दछ ।
९. वाकवाकी लाग्नु । मिर्गौलाको खराबीका कारण शरीरबाट विषाक्त पदार्थ बाहिर आउन नपाउँदा जुनसुकै बेला रिँगटा लाग्ने र वाकवाकी लाग्ने समस्या हुन्छ ।
१०. जोर्नी दुख्ने । यो मृगौला रोगको आम लक्षण हो । मृगौला खराब भएसँगै जिउका धेरैजसो जोर्नी दुख्ने समस्या पैदा हुन्छ । स्रोत : अनलाईन खबर

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses