श्रीमान बितेको १४ दिनमा मैले रातो सिन्दुर लगाएँ’
लाउचेली सिन्दुर लाउ
निको पार ह्रदयको घाउ
गायक बद्री पंगीनीको यो गीतले समाजका विधुुवा आमा दिदी बहिनीहरुमा श्रीमानको मृत्युुपछि सेतै लगाउनुु पर्ने भ्रम केही हदसम्म भएपनि हट्न सफल भयो । पितृ सतात्मक राज्यसत्ताबाट प्रताडित आम महिलाहरु श्रीमानको मृत्युु पश्चात अँझै पनि खुुुलेर रातो कपडा कपडा लगाउन सक्दैनन् । सिन्दुुर पोते अनि चुरा त धेरै परको कुरा । श्रीमतीको मृत्युु भएको १ वर्ष नबित्दै श्रीमान अर्काे विहे गरेर रमाउछ तर श्रीमानको मृत्युु पश्चात भने श्रीमतीले सेतो पहिरनमा जीवन बिताउनुुुपर्छ । यो अन्याय हो भनेर महिलाहरुले आवाज नउठाएका पनि होइनन् तर आवाजले मात्रै परिवर्तन असम्भव छ व्यवहारमा परिवर्तन हुुन जरुरी छ । अहिले त हम्मेसी महिलाहरुले श्रीमानको मृत्युुु पश्चात रातो लगाउदैनन् भने आज भन्दा करिब १२÷१३ वर्ष अगाडीको अवस्था कस्तो थियो होला ?
समाज परिवर्तन गर्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ भन्ने भनाइलाई आत्मसाथ गर्दै एक साहसी महिला जसले श्रीमानको मृत्युुुपश्चात पनि रातै लगाइन र समाजलाई चुनौती दिइन् । ती हुन् पुुष्पलता आचार्य । वि.सं २०१५ सालमा लमजुुङको रम्घा गाविसमा जन्मिएकी पुुष्पलता आचार्यले आफ्नो श्रीमान आत्मराम आचार्यको मृत्युु हुुदाँ १३ दिनसम्म अरुले जस्तै गरी काजकिरीया गरीन् ।अनि १४ दिनको दिन उनले श्रीमानले उपहार स्वरुप दिएका सिन्दुर, पाते, चुरा लगाइन ।
उनी भन्छिन्– मेरो श्रीमानको मृत्युु २०५९ साल भदौ १६गते भयो । म त्यसपछि गाउँ गए । त्यहाँँ सासुु ससुरा सँगै बसेर श्रीमान बितेको १३ दिनसम्म काजकिरीया गरेँ । त्यतिखेर म ४४ वर्षको थिएँ । चौध दिनमा घरमा सत्यनाराणको पूजा थियो । सबैले पहेलो टिका लगाए तर मैले रातो ! सबैजना छक्क परे कसैले मुुख फोर्न सकेनन् त्यसपछि म काठमाण्डौ फर्किए । श्रीमान वित्नुुपूर्व मैले लगाएका सबै चिज लगाएँ । सिन्दुर पोते, टिका, चुरा इत्यादी । त्यो देखेर मेरी आमा बेहोस हुनुुभयो । उहाँ होसमा आएपछि बिस्तारै भन्नुुभयोे‘छोरी ४५ दिनपछि लगाएको भए त हुन्थ्यो नी ? आमाले त्यसो भन्दा मैले आमालाई प्रतिप्रश्न गरे ४५ दिनपछि मेरो अर्काे श्रीमान को आउँछ ? मेरो कुराले आमा चुुुप लाग्नुुभयो ।
रातो लगाउनुुको कारण
म श्रीमानको कान्छी श्रीमती थिए । मेरो सौता दिदी पनि हुुनुुहुन्छ । छोराछोरी छन् । मैले श्रीमानलाई पहिलै भनेको थिए यदि तपाइको मेरो भन्दा पहिला मृत्युु भयो भने तपाइले दिएको उपहार बाँचुुन्जेल जोगाउने छुु । चुरा, धागो, पोत, सिन्दुर भन्दा अरु के हुुन सक्छ एउटी नारीको लागी श्रीमानको उपहार ?त्यसैले मैले अरु केही गरेको होइन श्रीमानको उपहारलाई उपयोग गरेको हुँ । अनी अर्काे कुरा महिला पुुरुष बिच जुुन किसिमको असमानता छ त्यसलाई चिर्र्ने मेरो उदेश्य हो ।
सामाजिक प्रतिक्रिया
काम राम्रो होस या नराम्रो सुरुवात गर्नेले ताली र गाली खानुु स्वभाविक हो । राम्रो काम गर्नेले त आरोपको सामना गर्नुपर्छ भने मैले त पितृसतात्मक राज्यसत्ताको विपक्षमा काम गरेको थिए । आरोप आउनुु कुनै ठूलो कुरा होइन । तर आरोपको सामना गर्न सक्ने की नसक्ने भन्ने ठूलो कुरा हो । त्यसैले आरोप र आलोचनादेखि म कहिलै पनि हतास भइन । मलाई थाहा थियो की मैले गलत काम गरेको होइन । एकदिन यही समाजले यो कुरालाई स्वभाविक ठान्नेछ भन्ने लाग्थ्यो । विस्तारै त्यो पनि हुुदै गएको छ । अहिले मेरो कदमको चौतर्फि स्वागत भइरहेको छ यसमा नै आनन्दित छुु ।
अहिलेको समय
आजभोली साहित्यसँगसँगै समाजसेवामा व्यस्त छुु । साथै विधुुवा महिला दिदीबहिनीहरुलाई रातो लगाउने अभियानमा पनि छुु । आजसम्म कुुनै संस्था खोलेर होइन व्यक्तिगत रुपमा यो काम गरिरहेको छुु । अहिले लमजुुङमा पुुुुष्पलता बहुुमुुखी क्याम्पसको स्थापना भएको छ त्यसमा मैले २० लाख रुपैयाँ सहयोग गरे । त्यसैगरी पुुष्पलता पुुस्तकालय छ । अन्य विभिन्न संघ संस्थाहरुमा सहयोग गर्दै आइरहेको छुु ।
आम महिलालाई शन्देश
सबैभन्दा पहिले आम दिदीबहीनीहरुलाई मेरो पहिलो आग्रह हो आत्मनिर्भरताको बाटो रोज । यदि आफुु आत्मनिर्भरताको लागि आफै सक्षम भयो भने कसैले केहि गर्न सक्नेवाला छैन । जति जति हामी अरुमा परनिर्भर हुन्छौ त्यति नै हामी अन्याय र थिचोमिचोमा पर्छौ । त्यसैले आत्मनिर्भर हुन सिकौँ सकारात्मकताको बाटोमा अघि बढ्न कहिले पनि नहिचकिचाउँ ।स्रोत : अमेरिका नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses