म त बिहे गरेर दुलहालाई घरमा ल्याउछु अनि घरको हलि बनाउने हो
अझै पनि विवाहपछि घरपरिवारले दाइजो नल्याएको भन्दै महिलामाथि दुव्र्यवहार र कुटपिट हुने गरेको छ । माइतीबाट मोटरसाइकल, खेत र बाख्रा नदिएको भन्दै पतिद्वारा पत्नीलाई घर निकाला गरेको समाचार बारम्बार आइरहन्छ । अझै पनि महिलामाथि हुने कैयन हिसाहरु विधमान छ । दाइजो नल्याएको निहुँमा नै तराइ र पहाडी जिल्लाहरुमा घरपरिवारले कुटपिट गर्दै महिलालाई घर निकाल्ने समस्या पनि यथावत नै छ । महिलालाई मागे अनुसार दाईजो नल्याएको भन्दै घरपरिवारले मानसिक तथा शारीरिक यातना दिइरहेका छन् ।माइतिले दाइजो दिन नसकेपछि शारीरिक तथा मानसिक यातना सहेर बस्न बाध्य महिलालाई अपहरण गर्ने , धम्की दिने परिपार्टि पनि हावी छ । सासु ससुराले दाइजो स्वरुप माईतबाट गहना नल्याएको भन्दै यातना दिने ,लागुपदार्थ सेवन गरेर निरन्तर कुटपिट गर्ने गरेपनि अझैपनि महिलाले न्याय पाउन सकेका छैनन । महिला माथि भएको अन्याय अब कतिन्जेल सहेर बस्ने ? न्यायका लागि पहल गरिदिने निकाय किन मुक दर्शक बन्दैछ ? दाइजो नल्याएको भन्दै घर निकाला भएका महिलाको अवस्था हेर्नुहोस त कति दर्दनाक छ । महिलाको अस्मितामा खेल्दै पति, सासू, ससुरा लगायतले अश्लील गाली, बेइज्जती गर्नुका साथै पटकपटक कुटपिट समेत गर्ने गरेका छन् ।आफुहरुमाथि भएको यस्तो र्दुब्यवहार सहन नसकेपछि न्यायका लागि प्रशासन तथा मानवअधिकारसँग सम्बन्धित विभिन्न निकायको शरणमा पुग्दा पनि ती महिलाहरुले न्याय पाउन सकेका छैनन् । कतिपयको त मानसिक सन्तुलन नै बिग्रिएको छ । हो यस्ता धेरै उहाहरण छन् महिला हिंसाका जुन सबै यहाँ बताउन सकिदैन । अब पति र घरपरिवारको हेलामा महिला कतिदिन बस्ने ? समाजमा भएका यस्ता समस्या र घटनाहरुलाई हेर्दा कहिलेकाही यो समाजमा किन महिला बिवाह गरेर पुरषको घरमा जानुपर्ने भएको होला ?बरु बाजेको पाला देखि नै महिलाले चाहि पुरुषलाई बिवाह गरेर आफ्नो घरमा ल्याउने भएको भए धेरै हदसम्म महिला माथि हुने हिंसा कम हुने थियो होला । समाजमा जरा गाडेर बसेका महिला हिंसा सम्बन्धि विद्यमान घटनाले गर्दा कहिलेकाँही त बिहे गर्नु नै हुन्न जस्तो लाग्छ त कहिले बिहे गरेपनि पुरुषलाई दुलहा बनाएर आफ्नै घरमा ल्याउझैं लाग्छ । जे जस्तो समाजको चलन हो त्यो मान्न तयार छु तर अह् कदापी म बिवाह गरेर पराइको घरमा जान्न हुनेवाला पतिलाई मेरो घरमा ल्याउने हो ।ब्लगर पौडेल नेपाल एफएम नेटर्वककी समाचार वाचिका हुन् ।स्रोत : अमेरिका नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses