यमबुद्धको पोष्टमार्टम रिपोर्ट बाहिरियो ! ‘श्रीमतीसँगै वाइन पिई सुतेका थिए(भिडियो सहित)
के पढ्थ्यो छोरो, संगीतको थियो किरो..."
अल्पायूमै अस्ताएका कुल पोख्रेलको सम्झनामा द युनिटीले गाएको गीतको एक अंश हो यो।
केही दिन अगाडि आत्महत्याको बाटो रोजेर अस्ताएका यम बुद्ध को पोस्टमोर्टम रिपोर्टमा बताइए अनुसार उनले कुनै ड्रग्स लिएका थिएनन्, केही मदिरा सेवन भने गरेका थिए र जसलाई पारिवारिक श्रोतले काम बाट फर्केर आएपछि आफ्नी श्रीमती संग बसेर थोरै वाइन पिएको भनी स्पष्ट पारेको छ। पोस्टमोर्टम रिपोर्ट भन्दा भिन्न एउटा अनौठो तथ्य के फेला परेको छ भने, यम बुद्ध अर्थात अनिल अधिकारीको नामको नेपाली पासपोर्ट टुक्रा टुक्रा बनाएर च्यातिएको फेला परेको छ। घटनाको सत्यता अलग हुन पनि सक्ला तर च्यातिएको पासपोर्टले अनुमान लायक केही सन्दर्भ हरु देखाइरहेको छ। कतै उनी लण्डन बसाइँ देखि असन्तुष्ट पो थिए कि, कतै उनलाई बिदेशी भूमीमा दिन रातको संघर्ष रुचिकर नलागिरहेको पो थियो कि। सायद उनी रहरको बाटो छोडेर करको बाटो रोयल सर्भिसमा हुलाकी बनिरहेका पो थिए कि? आफ्नै शब्दहरुले दुनियाँलाई अमूल्य संदेश छर्न सक्ने एउटा सिर्जनशिल पात्र अरुका कामकाजी शब्द लिखित पत्र बाँड्दा बाँड्दै हिनतावोधको गम्भीर सिकार पो भएको थियो कि?
हाल जापान, अमेरिका, अस्ट्रेलिया, अरब अनि अन्य युरोपियन देशहरुमा जाने नेपाली युवा युवतीहरुमा डिप्रेसनको भयंकर ठूलो समस्या देखिइरहेको छ अनि आत्महत्याका समाचारहरु निरन्तर आइनै रहेछन्। के हामीले हाम्रो साथीभाइ आफन्त हरु संग गम्भीर रुपमा स्नेहपूर्ण बार्तालाप गरेका छौँ? उनीहरुको बिदेश बसाइँ कस्तो छ? कतै उनीहरु त्यो भागदौड बाट थाकेको पो छन् कि? हामी उनीहरुको मुर्जाएको जिउने शक्तिमा उर्जा भर्न सक्छौँ, ढिलो नहोस् निरन्तर संपर्क, सहानुभूति, हौसला अनि मार्गदर्शनले अप्रीय घटना हुन बाट बचाउन सकिन्छ। के हामी आफै बिदेशमा छौँ र बिरक्तिएका छौँ? छौँ भने आफ्नाहरु संग समस्या बाढौँ, परिवारको लागि पैसा भन्दा जीवन अमूल्य छ, बुझाउन सकिन्छ उहाँहरुलाई। मनमै कुरा राखेर पिल्सन बन्द गरौँ, एउटा अन्त्य अर्को शुरूवात हो, हरेक दिन मरेर, फगत बाँचेको अभिनय नगरौँ, आफ्नो मनको बह नजिकका आफ्नाहरु माझ राखौँ समाधान त्यही बाट निक्लने छ।
आफ्ना सन्तानहरुको इच्छा आकांक्षा माथी आफ्नो सपनाको बोझ नथुपारौँ, राम्रो संग बुझ्ने प्रयास गरौँ आखिर के चाहन्छन् ती? ताकी उनीहरुले हिँड्ने बाटो उनीहरुकै रहरको होस्, कसैको करको नहोस्।
आत्महत्या क्षणिक आवेश हुन सक्ला तर सामान्यतया यो लामो विरक्तताको शृङ्खलाको उच्च बिन्दु हो, जसलाई चिन्ने, बुझ्ने र वोध गर्ने प्रयास गरौँ ताकी आत्महत्या जस्ता दुखद् र अप्रीय घटनाहरुको साक्षी बस्नु नपरोस
स्रोत : बिनोद रिमाल "बिकल्प"
पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<यमबुद्धको पोष्टमार्टम रिपोर्ट बाहिरियो !?>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses