‘रातो नम्बर’ बाट फोन आएको भन्दै आतङ्क फैलाउने गायक गायिका पक्राउ(भिडियो सहित)
सामाजिक सञ्जालमा ‘रातो नम्बर’ बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराईलीलाई प्रहरीले आज पक्राउ गरेको छ ।मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उहाँहरुलाई पक्राउ गरेको हो ।गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट एनसेलको नम्बरमा फोन आएको भन्दै फेसबुकमा ‘स्टाटस’ राखेकी थिइन । जुन स्टाटसको आधारमा विभिन्न अनलाइनमासमेत नकारात्मक समाचार आएको थियो । तर प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनको नम्बरमा रातो नम्बरबाट फोन नआएको भेटिएको थियो ।सोही क्रममा गायक बराइलीले गुगलबाट एप्स डाउनलोड गरी फोन गर्दा रातो नम्बर देखिने बनाएको तथ्य खुलेपछि ब्युरोले बराइलीलाई पक्राउ गरेको हो ।यसैबीच ब्युरोले आज पत्रकार सम्मेलन गरी रातो नम्बरको अफवाहमा नपर्न र यस्तो हल्ला नफैलाउन सबैसँग आग्रह गरेको छ । ब्युरो प्रमुख एव्म प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले रातो नम्बरबाट फोन आउने र उठाउँदा ज्याने जान सक्ने, स्वास्थ्यलाई खराबी हुने, मोबाइल पड्किने भन्ने जस्ता अफवाह फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गर्नुभयो ।पत्रकार सम्मेलनमा गायिका पाण्डे र गायक बराइलीले आफूहरुले अन्जानवश गल्ती गरेको स्वीकार गर्दै सजाय भोग्न तयार रहेको बताएका थिए । ब्युरोले भोलि हाजिर हुन आउने गरी आज साँझ उनीहरुलाई रिहा गरेको छ । पूर्ण बिबरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस .
<<रातो नम्बरबाट फोन आएको भन्दै अफवाह फैलाउने गायक / गायिका पक्राउ>>
स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
0 comments
Write Down Your Responses