छक्का पन्जा पाइरेसी गर्ने युवकले आत्महत्या गरे
अहिलेसम्मकै इतिहास रच्न सफल नेपाली चलचित्र ‘छक्का पञ्जा’ पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले काठमाडौंको चावहिलस्थित विजय चोकस्थित आफ्नै कोठमा गएराति झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले डेराको फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् । नवलपरासीबाट परिवार काठमाडौं आएपछि शुक्रबार विहान मुचुल्का गरिएको छ । ‘हामी नआएसम्म सिन्को पनि नसार्नु भनेपछि हामीले केही गरेनौं, परिवार आएपछि मात्र मुचुल्का गरिएको छ,’ गौशालाका डीएसपी नवराज कार्कीले भने । सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । जसमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भनिएको छ भने बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनिएको छ । तर, उनको सुसाइड नोटमा छक्का पन्जा पाइरेसीको आरोपबारे भने केही लेखिएको छैन । शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ । उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो । बिहीबार चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् । स्रोत : साझा सवाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses