ओलीका सल्लाहकारको यस्तो खुलासा हेर्नुहोस :

काँग्रेस र एमालेका नेताहरुले समर्थन जनाएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण पृथ्वी जयन्तीमा सरकारी विदा नभएको खुलासा भएको छ ।नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यकालमा प्रधानमन्त्रीको सल्लाहकार बनेका प्रमोद दाहालले यसको खुलासा गरेका हुन् ।
प्रमोद दाहाल
उनका अनुसार, संसदको अवरोध खुलाउन केही दिन अघि बसेको पाँच दलको बैठकमा राप्रपाले पुस २७ गते सार्वजनिक बिदा दिन प्रस्ताव राखेको थियो । जसमा नेकपा एमाले, कांग्रेसका शीर्ष नेताले सहमति जनाए । तर प्रधानमन्त्री प्रचण्डले मानेनन । उनले ‘दलहरूसँग छलफल गर्छु’ मात्र भने । प्रचण्डको जबाफ सुनेपछि सँगै रहेका नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने– हामी यही छौँ । शेरबहादुरजी, रामचन्द्र जीले पनि हुन्छ भन्नुभयो । हाम्रो पनि आपत्ति छैन, अनि हामी यहाँ छदै छौ, फेरि कुन–कुन दलसँग छलफल गर्नुपर्यो र ? निर्णय तपाईं लिनुस ।’त्यस दिनको प्रसंगबारे जानकारी दिँदै दाहालले भनेका छन् – तर पुष्पकमल दाहाल बोलेनन् ।‘उनले को संग छलफल गर्छु भनेका हुन, सायद अन्तैका दल हुन कि ?,’ राप्रपाका एक नेता भन्दै थिए – ‘उताबाट नभनी बिदा दिँदैनन । क्रिश्चियनहरुको पर्बमा बिदा दिन हुने अनि राष्ट्र एकीकरण गर्ने व्यक्तित्त्वको स्मरणमा बिदा नदिने ?’स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses