पूर्वमन्त्री ससुरा : गोलीले उडाइदिन्छु || एमाले नेताले यस्तोसम्म गरेछन् !(भिडीयो सहित)

पूर्वमन्त्री ससुरा : गोलीले उडाइदिन्छु || एमाले नेताले यस्तोसम्म गरेछन् !
बाहिरबाट हेर्दा म मन्त्री भइसकेको सांसदकी बुहारी हुँ । एमाले नेताकी बुहारीका रुपमा धेरैले मलाई शक्तिशाली देख्छन् । खुशी होली भन्ठान्छन् । मेरो ससुरा लाज पचेको नकचरो पुरुष हो भन्ने थाहा पाएपछि ममाथि दया गर्न थाल्छन् । उहाँका कारण धेरैको जीबन बर्बाद भएको छ । हाम्रो उठीबास छ ।मेरो ससुरा कृपाशुर शेर्पा हो । उहाँलाई भेट्न म केही समय पहिले घर गएकी थिएँ । काखे छोराछोरीलाई लिएर गएकी थिएँ । हामी घरभित्र पस्न नपाउँदै उहाँ सिंह झैँ झम्टिदै आउनुभयो । गोलीले उडाइदिन्छु भन्दै घरबाट निकालिदिनुभयो । उहाँको हाउभाउ देखेर म त थरर्र कापेँ ।उहाँले हाम्रो फोन नै नउठाउने । फोन उठाएको भए फोनमै कुरा हुन्थ्यो । छोरा गएपछि भनाभन होला भन्ने लागेर म आफैँ गए । नगएर पनि के गर्नु ? केटाकेटीलाई खुवाउने अन्न छैन । कोठा भाडा तिर्ने पैसा छैन । उहाँ र म दुबै अनपढ हौँ । समस्या विसाउँन म घर गएकी थिएँ, उहाँँले गोली हान्छु भनेपछि फर्किएँ ।


गोली हानेर मार्छु भनेपछि हामीलाई डर लाग्यो । हामीले सो कुरा एमाले अध्यक्ष केपी बुबालाई भन्यौँ । मिडियामा पनि कुरा पुग्यो । मिडियामा समाचार आएपछि उहाँ आफैँले सम्र्पक गर्नुभयो ।

मेरो श्रीमानलाई सल्लाह गर्न आइज भनेर बोलाउनुभयो । उहाँ भेट्न जानुभयो । ‘अहिले म अन्तै छु साँझ आएस’ भन्नुभएछ । दिउँसो फोन गरेर ‘चावहिलको हेल्पिङ ह्याण्डनेर’ आइज भन्नुभयो । बुबाले घरव्यवहार मिलाउन थाल्नुभयो भन्ने लाग्यो । उहाँ खुशी हुँदै जानुभयो ।

छोरालाई उहाँले ‘समाचारमा आएको भिडियो हटाउन लगा’ भन्नुभएछ । उहाँले ‘घर बनाइदिनु म सबै हटाइदिन्छ’ु भन्नुभएछ । त्यति कुरा भएपछि पुलिसलाई ‘यसलाई लिएर जाओ’ भन्नुभएछ । उहाँले पक्राउने पूरै तयारी गर्नुभएको रहेछ । उजुरी दिएको पनि पछि थाहा पायौँ ।

पावर भएपछि यस्तो पनि हुँदो रहेछ । ज्यान मार्ने धम्की दिने उहाँ । धम्की दिएको भिडियोसमेत समाचारमा आइसकेको छ । तर, धम्काएको आरोपमा पक्राउ पर्ने मेरो श्रीमान । दुनियाँले थाहा पाएको सत्य कुरा त यसरी उल्टोपाल्टो बनाइन्छ, थाहा नपाएको विषयमा झन के होला ?

कृपासुर शेर्पा कर्मचारी हुँदा मेरो सासुलाई गर्भवती बनाउनुभएछ । समाजमा प्रतिष्ठित जीबन बिताइरहेकी मेरी सासु कृपासुरको मायाजालमा पर्नुभयो । जब गर्भ रह्यो, ससुरा बेपत्ता हुनुभयो । त्यसपछि सासुको एकमात्र साथी भनेको रक्सी र चुरोट भयो । उहाँलाई डिप्रेशन भयो । त्यो जमानामा कुमारी आमा हुँदाको पीडा कस्तो होला । छोरा हुर्काएर गुमनाम जीबन बिताउन थाल्नुभयो ।

मैले आठ बर्षसम्म उहाँको सेवा गरेँ । एक्लै बरबराउनु हुन्थ्यो । आाफ्नो जीबन कसरी बर्बाद भयो भन्ने बारे के के भन्नुहुन्थ्यो । उहाँको एउटा धोको थियो आफ्नै घरमा प्राण त्याग्ने । श्रीमतीको पहिचान पाएर मर्ने ।

मेरो ससुरा मन्त्री भएपछि हाम्रो कथा धेरैले थाहा पाए । पहिला पनि यो विषय पार्टीमा थाहा थियो, आफन्त र चिनेजानेकालाई थाहा नहुने कुरै भएन । चौतर्फी कुरा उठेपछि ससुरा बुबा अफ्ठयारोमा पर्नुभयो । उहाँको मन्त्री पदसमेत जान सक्थ्यो रे । उहाँले हामीलाई बोलाएर नागरिकता दिने, अंश दिने, मलाई जागिर लगाइदिने र मेरो श्रीमानलाई अमेरिका पठाइदिने वाचा गर्नुभयो । नागरिकता त्यही बेला बन्यो ।

मन्त्री छइन्जेल उहाँले छोरालाई थामथुम पार्नुभयो । मन्त्री पदबाट हटेपछि ‘के को अंश ? छैन केही’ भन्न थाल्नुभयो ।

पछिल्लो २ बर्ष सासुआमा बेस्करी थला पर्नुभयो । उहाँ हेर्न समेत आउनुभएन । जीबनमा खाएको धोका र हैरानीका कारण उहाँ पागल हुनुभयो । सासुआमालाई छोराको एकदमै माया थियो । आफ्नै छाना मुनि मर्ने धोको छ भन्नुहुन्थ्यो । बेस्सरी रुनुहुन्थ्यो । विस्तारै सबै कुरा भुल्न थाल्नुभयो । मेरो र छोराको नामबाहेक उहाँलाई केही याद हुँदैनथ्यो । उहाँ केही महिना पहिले बित्नुभयो । सासु बितेपछि हामीले ससुरालाई खबर ग¥र्यौँ । उहाँ हेर्नसमेत आउनुभएन । पछिबाट उहाँले त्यो दिन रमाइलो गरेको, भोज गरेको रे भन्ने सुनियो । त्यस्तो सुन्दा मेरो श्रीमान डाँको छोडेर रुनुभयो ।

मेरो ससुरा सांसद र नेता पनि हो । तर, उहाँ कसरी नेता हुनुभयो भन्ने अचम्म लाग्छ । उहाँ त व्यभिचारी हो । नकचरो हो । प्रेमको नाटक गरेर भुँडी बोकाएर भागेको मान्छे हो । लाज पचेको लाचारी हो । जेल जानुपर्ने उहाँ हो, तर उहाँले शक्तिको प्रयोग गरेर छोरालाई थानामा ज्याक्नुभएको छ । हेरिदिने को छ ?

कस्लाई के भन्नु ? आफ्नै ससुरा लाज पचेको भएपछि । उहाँ त जे पनि गर्न सक्ने मान्छे हो । मैले फोन गर्न पनि छाडेँ । बोलाएर मलाई पनि पक्राउ गराउनुहोला भन्ने डर लाग्छ । अरु जेपनि गर्न सक्नुहोला । हामीले खोजेको घर हो । उहाँले करोडौँ खर्चेर सांसद भएको, नेतालाई खुशी पार्न अनेक कुरा गरेको सबैलाई थाहा छ । तर, छोराले एउटा घर माग्दा थानामा पुऱ्याइएको छ ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<पूर्वमन्त्री ससुरा : गोलीले उडाइदिन्छु || एमाले नेताले यस्तोसम्म गरेछन्>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses