ससुरालीले पाँच लाख रुपैयाँ नदिएपछि श्रीमतीको यसरी गरे हत्या

गौरः रौतहटमा एक महिलाको हत्या भएको भन्दै माइती पक्षले छानबिनका लागि माग गरेका छन् । फतुवामहेशपुर–१ का सन्तोषकुमार साहकी २१ वर्षीया श्रीमती लालमुनि कुमारीको शनिबार बिहान शंकास्पद मृत्यु भएपछि माइती पक्षले छोरीकोे हत्या भएको आरोप लगाएका हुन्।
श्रीमान् र परिवारका अन्य सदस्य मिलेर घाँटी थिचेर मारेको र पेट दुखेको बहाना पारेर एम्बुलेन्समा राखेर वीरगन्जतर्फ लैजाने क्रममा बाटोमा एम्बुलेन्स चालकलाई शंका लाग्दा हेर्दा महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको र मृतकलाई जिल्ला अस्पताल गौरमा ल्याएको मृतक महिलाका दाई जयप्रकाश साहले बताएका छन्।भारतको पूर्वी चम्पारण जिल्ला जटौलिया घर भएका किशोरी साहले एक वर्षअघि छोरी लालमुनिको विवाह सन्तोषसँग गरिदिएका थिए। दन्त चिकित्सक सन्तोषसँग बिहे गर्दा केटी पक्षले १० लाख भारु दाइजोमा दिएको मृतकका दाइ जयप्रकाशले बताएका छन् ।
दाँतको उपचार केन्द्र खोल्न सन्तोषले पाँच लाख रुपैयाँ माग्दै आएको माइती पक्षले जनाएको छ। सोही पैसा नदिएको भन्दै छोरीलाई शरीरिक र मानसिक यातना दिँदै आएको मृतकका बुबा किशोरीको भनाइ छ । गत शुक्रबार छोरीको घर पुगेर ज्वाइँलाई सम्झाइबुझाइ गरेर फर्किएको र सोही राति घाँटी थिचेर हत्या गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेका छन्।
आमा गीतादेवी साहले दाइजोको लोभमा छोरीलाई मारेकाले ज्वाइँ र उनको परिवारलाई कारबाही गर्न आग्रह गरेकी छिन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले मृतक महिलाको शव परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरेहको बताए । प्रहरीले मृतक महिलाका ससुरा राजेन्द्र साहलाई नियन्त्रण लिएको छ भने श्रीमान् सन्तोष फरार छन् । साभार: अन्नपूर्ण पोस्ट

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses