१४६ वर्षीय वृद्धको चिहान पहिल्यै तयार हेर्नुहोस
इन्डोनेसियाका बयोवृद्ध सपरमान सोदीमेजोले शनिबार आफ्नो १४६ औं जन्मदिन मनाए । उनलाई इतिहासकै सबैभन्दा वृद्ध मानिस दावी गरिएको छ । सोदीमेजोसँग इन्डोनेसियन परिचयपत्र छ जसमा उनको जन्ममिति उल्लेख गरिएको छ, ३१ डिसेम्बर १८७० । उनले आफ्ना जिवित आफन्तहरुका माझ इन्डोनेसियाको सेन्ट्रल जाभास्थित सेरागयन डिस्ट्रीक्टमा जन्मदिन मनाएका हुन् ।जन्मदिनको पार्टीमा सोदीमेजोका नाति सुयोन्तो र उनकी पत्नी सुवर्नी तथा उनीहरुका सन्तान एरिका कुर्नियावती र एनिसा कुर्नियावती लगायत आफन्तहरु उपस्थित थिए । उनका १० जना दाजुभाई दिदीबहिनीहरु सबैको मृत्यू भइसकेको छ भने चार जना श्रीमतीहरुले पनि संसार छोडिसकेका छन् । उनका छोराछोरीहरु कोही पनि ज्यूँदा छैनन् । अहिले उनलाई नाति तथा पनातिका परिवारले पालिरहेका छन् ।अपत्यारिलो उमेरका बाबजुद यी वृद्ध व्यक्ति अझै पनि आफैं हिँडडुल गर्न सक्छन् । ‘उहाँ जे पनि खानुहुन्छ र अहिलेसम्म बिरामी भएर सुत्नुभएको पनि छैन,’ परिवारका एक सदस्य भन्छन् । उनको परिचयपत्रलाई आधार मान्ने हो भने विश्वमा अहिलेसम्मकै सबैभन्दा वृद्ध दावी गरिएकी फ्रेन्च महिला जेयन्ने काल्मेन्ट, जसको १२२ वर्षको उमेरमा निधन भएको थियो, भन्दा उनी निकै अगाडि बढिसकेका छन् ।नाति सुर्यन्तोका अनुसार १२२ वर्षको उमेर पार गरेपछि सोदीमेजो आफ्नो मृत्यूको लागि तयारी गरेर बसेका छन्, तर मृत्यूले उनलाई अहिलेसम्म चियाएको छैन । सुर्यन्तोले भने, ‘उहाँले २४ वर्षअगाडि नै आफ्नो लागि ग्रेभस्टोन (चिहानको स्तम्भ) बनाएर राख्नुभएको छ । हामीले उहाँको लागि चिहानस्थल पनि तयार पारिसकेका छौं जुन उहाँका छोराछोरीको नजिकै हुनेछ ।’इन्डोनेसियाली अभिलेख कार्यालयका कर्मचारीले परिचयपत्रका आधारमा उनको उमेर १४६ वर्ष भएको बताएका छन् तर यसको स्वतन्त्र पुष्टी हुन बाँकी छ ।उनी इतिहासकै सबैभन्दा वृद्ध मानिस भएको प्रमाणित गर्न उनका कागजातहरुको स्वतन्त्र परिक्षण गर्नुपर्ने हुन्छ । त्यसो त उनीभन्दा अगाडि नाइजेरियाका जेम्स ओलोफिन्टुइ १७१ वर्षको र इथियोपियाका धाकाबो एब्बा १६३ वर्षको भएको दावी गरिएको छ । तर उनीहरु दुवैको उमेर प्रमाणित गर्ने कागजात उपलब्ध छैनन् ।नाति सुर्यन्तोका अनुसार आजकालका दिनहरुमा सोदीमोजो रेडियो सुनेर दिन बिताउँछन् । आँखा कमजोर भएकाले उनी टिभी हेर्न सक्दैनन् । पछिल्लो ६ महिनादेखि उनलाई अरुले खाना खुवाइदिने र नुहाइदिने गर्नुपर्छ । स्रोत : पुर्बेली न्यूज
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses