यी हुन अनुहारमा गोरोपन ल्याउने १० घरेलु उपाय(जानी राखौ )

गोरोपनमा कमी आउनुको कारण धेरै हुनसक्छन् । जस्तै; टन्टलापुर घाम , प्रदुषण , अनुहारको दाग धब्बा आदि । हाम्रो छाला धेरै नै संवेदनशील छ । बजारमा पाईने विभिन्न प्रकारका क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरुको प्रयोग गर्नु हो । किनकी यसबाट कुनै प्रकारको हानी हुदैंन । अनुहारमा चमक पाउनको लागि हामी महँगा क्रिमहरुको प्रयोग गर्ने गर्दछौं । अब तपाइँले यस्ता क्रिमहरुको प्रयोग बिना नै आफ्नो छालालाई गोरो बनाउन सक्नुहुन्छ । यस्को लागि अपनाउनुपर्ने १० घरेलु उपायहरु निम्नअनुसार छन् ।

१) बेकिंग सोडा:
बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । त्यसपछि आफ्नो अनुहार फेस वाशले धुुनुहोस् । अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस् । र १५ मिनेटपछि मुख धुनुहोस् ।

२) दुध र केरा:
पाकेको केरालाई दुधसँग मिसाएर पेस्ट बनाउनुहोस् । अनि अनुहारमा लगाई २० मिनेटपछि सफा पानीले मुख धुनुहोस् ।

३) गुलाब जल:
गुलाब जललाई दुधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस् । यसले तपाइँको छालामा चमक ल्याउँदछ ।

४) घ्युकुमारीको लेदो:
यसलाई अनुहार र घाँटिमा ३० मिनेट लगाउनुहोस् । यस्ले तपाइँको छालालाई गोरो , सफा र नरम बनाउने छ ।

५) सुर्यमुखीको बीउ:
थोरै सुर्यमुखीको बीउलाई रातभरी दुधमा भिजाएर राख्नुहोस् । त्यसपछि बिहान यस्मा बेसार र केही केशरलाई हालेर पेस्ट बनाउनुहोस् । यस्लाई आफ्नो अनुहारमा १५ मिनेटसम्म लगाउनुहोस् । केही दिनमै तपाइँको अनुहार गोरो हुनेछ ।

६) आँपको बोक्रा:
थोरै आँपको बोक्रालाई दुधमा पिसेर पेस्ट बनाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म लगाई अनुहार सफा पानीले पखाल्नुहोस् । यस्को प्रयोगले छाला गोरो हुनेछ ।

७) मह:
महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुुहारमा लगाउनुहोस् । १५ मिनेटपछि मुख धुनुहोस् । यसले अनुहार सफा भई गोरो हुनेछ ।

८) चिनीले घोटेर सफा गर्ने:
चिनीलाई कागतीको रस सँग मिसाएर हातको मद्धतले अनुहारमा दल्नुहोस् । यसले मरेको सेललाई हटाई अनुहारलाई सफा बनाउँछ ।

९) नरिवलको पानी:
दिनको दुईपल्ट अनुहारमा नरिवलको पानी लगाउनुहोस् । यसले दागधब्बा हटाउन मद्धत गरि छालालाई गोरो बनाउँछ ।

१०) पानीको धेरै प्रयोग:
पानीले शरीरबाट गन्धलाई बाहिर निकाली अनुहारको छालालाई तन्काई चाउरीपन हटाउन मद्धत गर्दछ । तपाइँलाई दिनमा ८ घण्टाको निन्द्रा लिनु जरुरी छ । यस्ले आँखाको तलको भागको डार्क सर्कल हटाउँछ । साथै प्राकृतिक रुपमा चमक आउँछ र छाला गोरो देखिन्छ ।स्रोत : पुर्बेली न्यूज

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses