फेसप्याक लगाउँदा छाला चाउरिएला है (जानी राखौ)

अनुहार क्लिन नगरी सीधै फेसप्याक लगाउनाले छाला धेरै ड्राई हुन्छ । धेरै ड्राई भएपछि छाला चाउरिने खतरा रहन्छ । त्यसैले क्लिन्जिङपछि क्रिम प्रयोग गरेर मात्रै फेसप्याक लगाउनु उपयुक्त हुन्छ । फेसप्याक लगाएर छालालाई बढी मोसनमा ल्याउँदा चाउरी पर्ने खतरा रहन्छ । त्यसैले यो अवस्थामा छाला तन्किने गरी हाँस्नु र गफ गर्नु उपयुक्त होइन । फेसप्याक रहुन्जेल छालालाई रिल्याक्समा छोडिदिनुपर्छ । फेसप्याक छालामै सुकेर कक्रक्क भएपछि रगडेर पखाल्नु पनि चाउरीपनलाई स्वागत गर्नु हो । फेसप्याक लगाएपछि अनुहारमा कक्रक्क परेर सुक्न दिनु हुँदैन । सुक्नुअघि नै पखाल्नुपर्छ । औसतमा फेसप्याक लगाएर रहन दिने समय १५–२० मिनेट उपयुक्त हुन्छ । अनुहारमा पानीले हल्का–हल्का मसाज गर्दै प्याक पखाल्नुपर्छ । धेरै सुकाएर जबर्जस्ती रगड्दा छाला तन्किने, च्यातिने तथा चाउरिने हुन सक्छ । हप्तामा एक–दुईपटक फेसप्याक प्रयोग गर्नु छालाका लागि राम्रो हो । फेसप्याकका लागि ब्युटिपार्लर नै पुग्नुपर्छ भन्ने पनि छैन । एकपटक एक्सपर्टसँग आफ्नो छालाको प्रकृति बुझेर उपयुक्त प्याकबारे परामर्श लिएपछि घरमै प्रयोग गर्न सकिन्छ । प्याक लगाउने क्रममा हुन सक्ने केही स–साना गल्तीले भने छालामा असर पारिरहेको हुन्छ । स्रोत :दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses