फेरी खुल्यो दीक्षा चापागाईको अर्को ठुलो रहस्य हेर्नुहोस भिडियो सहित

हामी सबैको संयुक्त प्रयाशबाट एक वेवारिशे, असहाय, फालिएकी , खुट्टामा स्याउ स्याउ किरा परेर मर्नु न बाँच्नुको दोधारमा परेकी यि महिलाको उद्धार गरी औषधी उपचार पछि लगभग तन्दुस्त भएको अवस्था हो ।
उद्धार र उपचारमा रहयोग पुरयाउने सबैमा हार्दिक धन्यवाद छ ।विशेष धन्यवाद छ, भाई Nirmal G Acharya लाई जस्ले उनलाई वेवारिशे अवस्थामा देखेर मलाई खबर गरे , उद्धारमा Ambulance सहित काभ्रे सम्म पुग्नु हुने आदरणिय दिदी Sabitri Shrestha , उपचार र अप्रेशनमा विशेष पहल र सहयोग गर्नु हुने श्रद्धेय डा. पिउस दाहाल विर अस्पताल ट्रमा सेन्टर, मानसिक अस्पताल, पाटन , उपचार हुदा हुदै अस्पतालको शैया bata हिडे पछि पुन फेला पारी पुन उपचारको लागि विर अस्पताल सम्म पुरयाई उपचारमा सहयोग garne आदरणिय दाई भुपेन्द्र कार्की लगायत बहिनीहरु , Kavre Police , Grèen city hospital लगायत एउटा वेवारिशे महिलाको ज्यान बचाउन, सहयोग र सदभाव राख्ने सबैलाई हार्दिक धन्यवाद छ । हामी सबैले यसरी नै दिन दुःखीहरुको सेवामा सकेको सहयोग पुरयाउदै गएमा एक दिन पक्कै पनि यो समाज, यो संसार धेरै नै सुन्दर र सभ्य हुने छ ।
हामी सबैको निस्वार्थ सेवा र सहयोग बाट नै एउटी जिवन मरणको दोसाधमा रहेकी हामी सबैकि आमा, हामी सबैकी दिदी , बहिनीले नयाँ जिवन पाउनु भएको छ । । हाल उहाँ हाम्रो परोपकारी घरमा नै आश्रय लिएर बसी रहनु भएको छ, उहाँको कोहि आफन्त नाता गोता फेला परेमा , सम्पर्कमा आएमा सम्पर्क राख्नु होला । पहिला नाम थर बतन बताउन नसक्ने उहाँले अहिले नाम मिना घिमिरे बताउनु हुन्छ ।
सबै प्रति आभारी छु , खुशी छु ।यो साथ सहयोगमा कहिल्यै पनि खडेरी नपरोस ।भन्दै फेसबुकमा पोस्ट गरेकी दिक्क्ष्याले मंगसिर १६ गते बिर अस्पतालमा खुट्टाको प्लास्टिक सर्जरी गर्न त्यहाँबाट रिफर गरेपछि त्यहा पुग्दा डा.पियुश दाहालको कुरा सुनेर अचम्ममा परियो ।४ महिना अगाडी दीक्षा चापागाईको पवित्र आश्रमको नाम बाट एक बिमारी मिना घिमिरेलाई बिर अस्पतालमा उपचारका लागि पुराएकी थिइन् उनि २ जिउकी थिइन् र अस्पतालमा उनको उपचार भैराख्दा  दीक्षा सम्पर्क बिहिन रहिन ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<फेरी खुल्यो दीक्षा चापागाईको अर्को ठुलो रहस्य>> हात्तीको जस्तो देखाउने एउटा र चपाउने दाँत अर्कै ।’ उनका पछिल्ला गतिविधी र व्यवहार हेर्दा यस्तै लाग्छ । समाजसेवाको खोल ओडेर उनले चलाइरहेको धन्दा के हो ? वीर अस्पतालको हाताभित्र रहँदा जे भोगे,जे देँखे आज लेख्दैछु समाजसेवी दीक्षा चापागाइको चरित्र । मेरो नाम पवित्रा लामा ,घर काभ्रे । रहरै रहरमा रेडियोमा बोल्न थालेको तीन वर्ष पूरा भइसकेछ । धुलिखेलमा रहेको ग्रेस एफएममा कार्यक्रम पबित्रा लामा, एक्सन फर सोसल चेन्ज चलाँउथे । त्यही भेटिएका हुन आदरणीय दाजु विनयजग बस्नेत । उनी सुरुमा आफै दुव्र्यसनको शिकार भएका रहेछन । तीन महिना चोभारस्थित रिह्याव सेन्टरमा बसेर सुध्रिएका । वुवा आमा बितेको र श्रीमती र छोरीले छाडेर गए पनि उनको आत्मविश्वाश दरिलो थियो । कुलतबाट कसरी बच्न सकिन्छ भन्ने कार्यक्रम चलाँउथे उनी ग्रेस एफएममै । नाता यसरी गाढा बन्दै गयो हाम्रो नाता साथीबाट दाजु बहिनीमा परीणत भयो । चार महिना अगाडि उनै दाजुलाई प्रहरीको फोन आएको थियो भर्खरै जन्मिएको बच्चा सहितको वेवारिसे महिलालाई पुल्चोक प्रहरीले फेला पारेको रहेछ । उनीहरुले उपचारका लागि उक्त महिलालाई पाटन अस्पताल पुर्याएका रहेछन । पुल्चोक प्रहरीले गत अष्टमीको दिन विनयजंग बस्नेतलाई दाजुलाई खबर गर्यौं । सबै दशै पर्वको हर्ष र उल्लासमा रमाइरहेको समयमा प्रहरीले उक्त वेवारिसेको जिम्बेवारी लिइदिन आग्रह गरेसँगै हामीले उनको जिम्मेवारी लियौं । को थिईन उनी,कहाँ थियो तिनको घर केही थाहा थिएन । एकातिरको प्रसव पीडा र अर्काेतिर भर्खरै जन्मेको शिशु बचाउन नसक्दा विक्षिप्त थिईन । एकातिर भर्खरको सुत्केरी अर्काेतिर मानसिक रोगी र खुट्टा र कम्मरमा गहिरो घाउ जहाँ किरा परेको थियो । मानवसेवा नै सबैभन्दा ठूलो धर्म ठानियो । दशै भनिएन,तिहार मानिएन । विस्तारै दिदी वौरिदै थिईन । करिव दुई महिना अहोरात्र खटियौं दिदीको सेवामा हामी । डाक्टरको अथक मेहनत र प्रयासबाट ती दिदीले पुनः जीवन पाइन । बोल्न सक्ने सम्म भइन । नाम मीना घिमिरे,घर काभ्रे उनले आफ्नो पूराना विगत सम्झिन सकिनन बस आफ्नो नाम यही बताइन । हामी पनि उनलाई मीना दिदीको नामले बोलाउन थाल्यौ । त्यहाँ रहँदा उनको मानसिक अवस्था ठीक ठाँउमा फर्किइसकेको थियो । डाक्टरकै सल्लाह अनुसार मंसिर १३ गते खुट्टाको प्लास्टिक सर्जरीका लागि त्यहाँबाट रिफर गरियो वीर अस्पतालमा । त्यहाँ पुग्दा डक्टर पियुष दाहालको कुरा सुनेर हामी स्तव्ध भयौ । चार महिना अगाडि कथित समाजसेवी दीक्षा चापागाँइको पवित्र सेवा आश्रमको नामबाट एक विरामी (मीना घिमिरे)लाई बीर अस्पतालमा उपचारका लागि पुर्याएकी थिईन । उनी दुई जीउकी थिईन । र, अस्पतालमा उनको उपचार प्रक्रिया चल्दै गर्दा दीक्षा सम्पर्क बिहिन रहिन । ति वेवारिसेको जिम्मेवारी लिने कोही नभेटिएसँगै मीनालाई अस्पतालले पनि उत्तिसाह्रो वास्ता गरेन । अन्ततःकोखमा बच्चा भएकी मीना पुन वेवारिसे अबस्थामा पुगिन । तिनलाई देख्ने वित्तिकै अस्पतालका डाक्टरहरु पनि तर्सिए । उनको भर्ना लिन मानेनन । भिडियाे डा पियुषले नै रहस्य खोलेका हुन यस अगाडि नै दीक्षा चापागाईले यो विरामीलाई यहाँ ल्याएर उनी सम्पर्क बिहिन भएको कुरा । तपाईहरु पनि यसै गरी भर्ना गराएर सम्पर्क बिहिन हुने हो,हामी यो विरामीलाई कुनै पनि हालतमा यहाँ भर्ना लिन सक्दैनौं ।’ डक्टर पियुष लगायत त्यहाँ खटिएका अधिकाश डक्टर र नर्सहरु यसैगरी पन्छिएका थिए । केही सीप नलागे पछाडि हामीले अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतलाई गुहा¥र्यौ । उनकै निर्देशनमा मीना दिदीको उपचार थालेका थियौं । हामी ती वेवारिसेको उपचारका लागि अहोरात्र खटियौं लालबहादुर मर्हजन लगायतका संस्थाका हामी सबै । त्यहाँ उनको उपचारका लागि लाग्ने खर्च जुटाउनका लागि मैले आफूले लगाइराखेको सुनको सिक्री बेचे । कुनै रहरले होइन । एउटी वेवारिसे महिलाले पुर्नजीवन पाओस भन्ने पवित्र हेतुले । झण्डै २५ दिनको अस्पालतको बसाई पश्चात उनको खुट्टाको प्लास्टिक सर्जरी सफल भयो । डाक्टर तथा नर्सहरुको सल्लाह अनुसार उनको डिस्चार्ज हुँदै थियो यही ६ गते बुधवार । गत मंगलबार अपरान्ह हामी अस्पतालको दिदीको शैयाबाट खाजा खान निस्किएका थियौं । विनय दाजु मीना दिदीका लागि आवश्यक पर्ने औषधि खरिद गर्न मेडिकल गएको मौका छोपेर दीक्षा चापागाई उनै विरामी दिदीलाई अपहरण शैलीमा अस्पलातको शैयाबाट उठाएर लगिन । अस्पतालबाट डीष्चार्ज हुनु ठीक एक दिन अगावै । उनका लागि आवश्यक पर्ने औषधि लिएर फर्कदै गर्दा मीना दिदीलाई समाएर दीक्षाले लैजादै थिइन । दीक्षाको व्यवहार देखेर हामी हेरेका हेर्यै भयौ । दीक्षाका अनुसार,मीना यस अगाडि उनकै घरमा चार वर्ष अगाडि देखि काम गर्न महिला थिइन । अपहरणशैलीमा उनले मीना दिदीलाईै स्कूटरमा बसालेर लगिन । मीना दिदीले खाइरहेकोे मानसिक रोगको सारा दबाई अस्पातालमै छुट्यो । प्रश्न उठाउने ठाँउ यही छ,पाँच वर्ष देखि दीक्षाको घरमा काम गरिरहेकी वेवारिसे महिला कसरी गर्भवती भइन ? यस्को पछाडिको रहस्य के छ ? दीक्षाको धन्दा के हो ? यदी उनको मन र समाजसेवा साच्चैको पवित्र हो भने आफैले अस्पतालमा भर्ना गरेको यी विरामीलाई अलपत्र पारेर किन छाडिन ? मानसिक रोगको दबाइ खान पर्न स्थितीसम्म कसरी पुर्याइन ? अस्पताल छाडेर मीना दिदी भाग्दा उनको खोजी किन गरिन दिक्षा चापागाईले ? उनको कोखबाट जन्मेको तर बचाउन नसकिएको बच्चाको शव अहिले पनि पाटन अस्पतालको शवगृहमा वेवारिसे अवस्थामा छ । करिव चार महिनासम्म दीक्षाले अपहरणशैलीमा मीनालाई भगाएसँगै दीक्षा विरुद्ध हामीले काठमाडौं जिल्ला प्रशासनमा उजुरी समेत दर्ता भइसकेको छ । दीक्षाले भने आफूलाई सोही वीर अस्प्तालका डाक्टर पियुषको निर्देशनमा मीनालाई लिएर गएको दावी गरेकी छिन । शंका गर्ने ठाँउ प्रवल छ डा पियुष र दीक्षाबीचको नाता सम्बन्ध के हो ? यिनै वेवारिसे महिलालाई लिएर भर्ना गर्न जाँदा तिनै डक्टर पियुष हुन कुनै पनि हालतमा मीना दिदीलाई भर्ना गर्न मिल्दैन भन्ने । अनि रातारात दीक्षासँग टेलिफोन सम्पर्क गरी मीनालाई त्यहाँबाट भगाउन सहयोग गर्ने । दुःख पीडामा ति मीना दिदीलाई एक्लै छाडेर सडकमा पु¥याएकी दीक्षा चापागाई यतिका समयसम्म उनको खोजी किन गरिनन ? लानु नै थियो भने उनलाई यो अवस्थामासम्म ल्याइपु¥याउने ति पात्रहरुसँग सर सल्लाह नगरी अपहरण शैलीमा किन उठाइन ? उल्टो अस्पतालबाट विरामीलाई अपहरण शैलीमा उठाएर लैजाने दीक्षाले सामाजिक सञ्जालमा अर्काे हर्कत देखाइन । उनले यसको जस समेत आफैले लिन खोजिन । हामी सबैको संयुक्त प्रयाशबाट एक वेवारिशे, असहाय, फालिएकी , खुट्टामा स्याउ स्याउ किरा परेर मर्नु न बाँच्नुको दोधारमा परेकी यि महिलाको उद्धार गरी औषधी उपचार पछि लगभग तन्दुस्त भएको अवस्था भन्दै भ्रम छर्न काम गरिन । सबाल अरु केही होइन,मात्र समाजसेवाको आवरण भित्र अरु नै धन्दा चलाउने दीक्षाको नियतको हो । जस्को नियतमै खोट छ उस्को व्यवहार खोटी नै हुन्छ । जस्ले समाजसेवी दीलशोभाको दिल दुखाइन । खानेपानीका इन्जिनियर मोहन रेग्मीका पत्नी कञ्चन शर्मालाई वेवारिसे अवस्थामा फोहोरको डुगुरमा भेटेको कहानी दुनिँयालाई सुनाएर मुर्ख बनाइन । तर यीनलाई पत्रकार चन्दा थापाले नग्गाइसकेकी छिन, यस अगाडि नै । जवाफ जान्न चाहन्छ दुनिँया तपाईको घरमा काम गर्ने महिला कसरी दुई जीउकी भइन ? मानसिक रोगको औषधी खाने र आफ्नो वीगत समेत बिर्सने अवस्थामा पुगिन । सारा घटनाक्रमले हामी भन्न विवश छौ दीक्षा दिदी दालमा केही न केही कालो त अवश्य छ । एक न एक दिन तिम्रो असली नियत सारा दुनिँयाले चाल पाउनेछन ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses