यी हुन कुलमानलाई कारवाही गर्ने बोर्डका पदाधिकारी ?

काठमाडौं,१७  मंसिर । राजधानीको लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ माथि विद्युत प्राधिकरण संचालक समिति बोर्डको डेढ महिनापछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले कारवाहीको चेतावनी दियो ।

घिसिङलाई वारबाहीको धम्की दिने एक थिए उर्जा मन्त्रालयका सचिव अनुप कुमार उपाध्याय । उनी नेपाल विद्युत प्राधिकरणका अध्यक्ष पनि हुन् । उपाध्यायले नेपालमा लोडसेडिङ हुँदा केही उद्योगी व्यवसायी तथा उच्च पदस्त सरकारी अधिकारीलार्ई कमिसनको भरमा विद्युत बेच्दै आएका थिए ।

शुक्रबार बसेको विद्युत प्राधिकरण संचालक समिति बोर्डको ७४१ औं बैठकमा कड्कीने अर्का बोर्ड सदस्य हुन् डा. शान्तराज सुवेदी । उनी नेपाल सरकार अर्थ मन्त्रालयका सचिव हुन् । आफुखुसी निर्णय गर्न लागेको भन्दै घिसिङलाई उनले कर्डा कारवाही गर्ने चेतावनी दिएका थिए ।

अर्थका सचिव उनी द्वारीका होटल वाहेक अन्तको खाजा पनि खाँदैनन् । नेपाल सरकारका भष्ट्र कर्मचारीको सुचिमा अग्रपङतीमा आउने उनि केही समय अघि खाजा खाने विषयमा ठुलै विवाधमा तानीएका थिए ।

काठमाडौंको लोडसेडिङ अन्त्य गर्दा आफुखुसी निर्णय गर्दै एकलौटी ढंगले चल्न थालेको भन्दै बोर्ड बैठकमा चेतावनी दिइएको थियो । बोर्ड सदस्यमा लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र, चन्द्र टण्डन र सुरज लामीछाने पनि छन् । प्राधिकरण सञ्चालक समिति (बोर्ड) ले कुलमानले गरेका केहि निर्णयहरु रद्द गरेर उनि माथि कारबाही सुरू गरिएको छ ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses