सबैजना बिना बाच्न सक्छौ तर आफ्नो आधा शरीर आफ्नो पतिको बिना बाच्न सक्दिनौ

कलेजमा Happy Married life माथी एउटा Workshop चलिरहेको थियो ।
जसमा केही विवाहित जोडीहरु भाग लिइरहेका थिए । जुन समयमा प्रोफेसर मन्च मा आए उनले नोट गर्यो कि सबै पति – पत्नी जोक गरेर हाँसिरहेका थिए । यो देखेर प्रोफेसरले भने – जाँउ , पहिला एउटा Game खेल्छौ , त्यसपछी आफ्नो विषयमा कुरा गर्छौ ।
सबैजना खुशी भए । र भने कस्तो खालको Game ?
प्रोफेसरले एउटी Married केटीलाई बोलाएर भने कि तिमिले ब्ल्याकबोर्डमा यस्तो २५-३०  मान्छेहरुको नाम लेख ,जोसित तिम्रो सबैभन्दा धेरै माया छ ।
महिलाले पहिला आफ्नो परीवारको नाम लेखिन , फेरि उनले आफ्नो आफन्तको र नातेदरहरुको , साथीहरुको , छिमेकी को र सहकर्मीहरुको नाम लेखिन ।
अब प्रोफेसरले त्यसमध्ये कुनै ५ नाम मेटाउनलाई भने ,
महिलाले आफ्नो सहकर्मीहरुको नाम मेटाइन ।
प्रोफेसरले अझै ५ नाम मेटाउनलाई भने ,
महिलाले थोरै सोचेर आफ्नो छिमेकीहरुको नाम मेटाइन ।
अब प्रोफेसरले अझै १० नाम मेटाउनलाई भने
महिलाले आफ्नो आफन्त साथीहरु र नातेदारहरुको नाम मेटाइदिइन ।
अब बोर्डमा ४ नाम मात्र बचेको थियो
जुन उसको आमा , बुवा , पति र बच्चाको नाम थियो
अब प्रोफेसरले यसमध्ये अझै दुई मेटाउनलाई भने
महिला असमन्जस्यमा परिन , धेरै सोचिसकेपछी धेरै दुखी भएर उनले आफ्नो आमाबुवाको नाम मेटाइदिइन
सबै मान्छेहरु स्तब्ध र शान्त थिए । किनकी उनिहरु जान्दथे कि त्यो game केवल त्यो महिलाले मात्र खेलिरहेकी छैन । उनिहरुको दिमागमा यो सब चलिरहेका थिए ।
अब केवल २ नाम मात्र बचेको थियो
पति र छोराको ,
प्रोफेसरले भने यसबाट अझै एउटा नाम मेटाइदेउ ,
महिला अब सारै Catch २२ sitaution मा परिन । धेरै सोचेर उनले आँखाबाट आँसु बर्बर खसाल्दै छोराको नाम मेटाइदिइन ।
प्रोफेसरले ती महिलालाई भने , तिमी आफ्नो ठाउँ मा गएर बस । र सबैमाथी गौरपुर्वक हेर्दै भने र सोधे ,
के कसैले भन्न सक्छ कि यस्तो किन भयो केवल पतिको नाम मात्र बोर्डमा किन रहयो ?
कसैले जवाफ दिन सकेनन ।सबै टाउको निहुराएर बसेका थिए ।
प्रोफेसरले , ती महिला लाई सोध्यो कि यस्तो किन , जसले तिमिलाइ जन्म दियो , पालनपोसन गरेर हुर्कायो उसको नाम तिमिले किन मेटाइदियौ ?
महिलाले जवाफ दिइन – मेरो आमा बाबा वृद्ध भइसक्नुभएको छ ।केही समयपछी मलाई छोडेर यो दुनियाबाट जानुहुन्छ ।
मेरो छोरा ठूलो भयो भने ग्यारेन्टी छैन कि उ विवाहपछी पनि मेरो साथमा रहन्छ ।
तर मेरो पति जबसम्म मेरो ज्यानमा ज्यान छ तबसम्म मेरो आधा शरीर बनेर साथ निभाउनुहुन्छ । त्यसैले मेरो लागि सबैभन्दा महत्वपुर्ण मेरो पति जि हुनुहुन्छ ।
प्रोफेसर र बाकी सबैले ताली बजाएर सलामी गरे । प्रोफेसरले भने कि , तिमिले बिल्कुल सहि भन्यौ , तिमी अरु सबैजना बिना बाच्न सक्छौ तर आफ्नो आधा शरीर आफ्नो पतिको बिना बाच्न सक्दिनौ ।
मजाकमस्ती त ठिक छ तर मान्छेको आफ्नो जिवनसाथी नै उसको सबैभन्दा प्यारो र महत्वपुर्ण हुन्छ ।
यो अकाट्य सत्य हो ,
स्रोत : पुर्बेली न्यूज

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses