गुल्मिमा यस्ताे बिवाह जाे हेरेर सिंगाे गाउलेकाे चल्याे रूवाबासी

‘लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अब छोरीको रुपमा कन्यादान दिँदैछु’ तम्घास ३ कि ६२ वर्षीया लक्ष्मी नेपाललीले विधवा बुहारीलाई कन्यादान दिँदै भनिन् ‘ अव माइतीको रुपमा मेरो घरमा आए, म छोरीको रुपमा सँधै स्वागत गर्नेछु ।’
लक्ष्मीले आफ्नी बुहारीलाई छोरीको रुपमा कन्यादान दिँदा विवाहमा भेला भएका जन्ती र आफन्तजन सबैले आँसु बगाए थिए । विवाहमा सबै छोरीको जन्मिएको घरमा आमा बुबा र माइतीले कन्यादान दिन्छन् तर, गुल्मीमा सासु ससुराले आफ्नी बुहारीलाई कन्यादान दिँदै गर्दाको दृष्य हो यो ।
बिवाहआफ्नो जेठो छोराको मृत्युभएपछि सदरमुकाम तम्घास ३ बाघमारे निबासी सासु लक्ष्मी र ससुरा इस्वरी नेपालीले २४ वर्षीय उषा नेपालीको विवाह धुर्कोट रजस्थल १ निवासी सूर्य बहादुर नेपालीका छोरा २८ वर्षीय आशिष कुमार नेपालीसंग गरीदिएका हुन् । सासुआमाले आशिाषलाई ज्वाईँको रुपमा खुट्टाको जल खाएर हिन्दु धर्म अनुसार विवाह गरिदिएका थिए ।
यसअघि उषाको २०६३ साल असारमा तम्घास ३ का प्रदिप नेपालीसंग विवाह भएको थियो । विवाह भएको २ वर्षपछि प्रदिपको तम्घासमा रहस्यमय रुपमा मृत्यु भएकाले श्रीमानको मृत्यु नभई हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि त्यसको फैसला पर्खेर बसेकी थिईन् ।
सर्बोच्व अदालतसम्म पुगेका उनीहरूलाई राजनैतिक पहुँचको आधारमा मुद्दा खारेज भएपछि हत्याको कुरा त्यतिकै ओझेलमा प¥यो र पतिको हत्याको न्यायीक छानबिनको लागि बसेकी उषालाई उनको ईमान्दारीताको कदर गर्दै विवाह गरीदिएको उनका देवर शंकर नेपालीले बताए ।
छोराको मृत्यु भएपछि पनि घरमा लगनशिल भएर काम गरेकी बुहारीको मेहनेत, माया र ममताका कारण आफूले छोरीजस्तै मानेर विवाह गरीदिएको सासु लक्ष्मीले बताइन । ‘ विधवा भएको पनि ५ वर्ष भयो, एक्ली बुहारी माइतीमा जाने, निहुँ खोज्ने केही गरीनन्, उनले भनिन् छोराभए जस्तै घरमा लगनशिल भएर काम गरेकी छोरी जस्तै भएपछि सल्लाहले नै विवाह गरीदियौँ ।’
उषाको लगनशिलता र इमान्दारीताका कारण उनको विवाहको कुरा चलाईएको र विधिपूर्वक नै विवाह गरीदिएको उनका जेठाजु कृष्ण नेपालीले बताए । ‘श्रीमानको मृत्युपछि पनि व्यावहार गर्ने उनको इमान्दारीताले गर्दा हामीलाई उनको भविश्यको बारेमा चिन्ता लाग्यो, उनले भने उनको भविष्यको लागि केही सोच्नुपर्छ भनेर हामी घर, माइती सबैको सल्लाहमा विवाह गरीदिएका हौँ ।’
सन्तान नभई विधवा भएर पनि इमान्दार बुहारीको रुपमा घरमा बसीरहेपछि सासु, ससुरा जेठाजु र देवरहरुले असल छोरी जस्तै उषालाई विवाह गरेर पठाउने सल्लाह गरे । ‘हामीले घरबाटै विवाह गरीदिने सल्लाह गरेर उषाको माइतीमा खबर पठायौँ, जेठाजु कृष्णले भने उनको माइती पक्षबाट पनि विवाह गरदिने सहमति भएपछि खोजीगर्ने क्रममा जिल्लाकै धुर्कोट रजस्थल १ का आशिष कुमार नेपालीसंग विवाह गरीदिने सहमति भयो ।’ आशिष पनि केही वर्षअघि श्रीमतीको मृत्यु भएपछि बिदुर थिए । उनी अहिले रोजगारीको सिलशिलामा भारतमा रहेका छन् ।
जैसीथोक ५ लाकुँरीरुख निबासी उषाका माइतीबाट आमा र दाजुहरु पनि विवाह समारोमा उपस्थित थिए ।
‘बहिनी तिम्रो पहिलो विवाहमा म थिईन तर मलाई तिम्रो कन्यादान गर्न लेखेको रहेछ,’ उनका जेठादाजुले बहिनीलाई टिका लगाउँदै भने ‘पहिलो घरमा इमान्दार भएर जसरी सासु ससुराको मन जित्यौ, अव पनि सबैलाई क्या राम्रो भन्ने बनाउनु ।’ भारतमा काम गर्ने दाजु बिष्णु सोमबार विवाह समारोह भेट्याउन आएका थिए ।
विधवा छोरीको भविष्य विग्रन नदिन र सबैको सल्लाहमा विवाह गरीदिएको उषाकी आमा ६५ वर्षीय राजकुमारी नेपालीले बताइन । ‘ छोराछोरी नभई विधवा भएपछि अलपत्र परेका धेरेका छोरी छन् , घर माइतीले उनका समस्या नबुझेर जिन्दगी भर दुःख पाएका छन् राजकुमारीले भनिन् हामीले त छोरी एकपटक विधवा भएपनि अव राम्रो होला भनेर घर पक्ष र माइतीका सबै बसेर सल्लाह गरेर बिहे गरीदियौँ ।’
कसैको करकापबाट नभई सबैको समझदारीबाट यसरी नाँैलो तरीकाले विवाह भएकाले आफूले उषाको पहिलो घरले गरेको आशा र विश्वास अनुसार सधै खुसी राख्ने बेहुला आशिषले बताए । ‘यत्रो विश्वास गरेर आफ्नो बुृहारीलाई विवाह गरेर दिनुभएको छ, उनले भने उषालाई चोट पर्ने काम गरेमा मलाई श्रीमतीको मात्र होईन मलाई विश्वास गरेर दिने उनका पहिलो घरका सासु ससुराको पनि श्राप लाग्नेछ । ’
उनको विवाहमा छिमेकी र गैर दलितले समेत टिकोटालो गरी दक्षिणा दिएका थिए । श्रीमानको मृत्यु पश्चात पनि एकल जीवन बिताउन परे पनि उषाले छिमेकीलाई मिलनसार भएर मन जित्न सफल भएकाले यसरी विवाहमा सहभागी भएर बिदाई गरेको छिमेकी चन्दा घिमिरे बताउँछिन् ।
‘कलिलो उमेरमै विधवा बनेकी उषा सन्तान नभएर पनि श्रीमानको घरमा एकदम मिलनसार भएर बसिन्, हामीलाई पनि आफ्नै छोरी जस्तै लाग्यो र कन्यादानमा सहभागी भएँ ।’ घिमीरेले भनिन् ‘उषाको व्यावहार र उनको घरको जस्तो माहान कामले समाजलाई नयाँ पाठ सिकाएको छ ।’ उषाको विवाहमा गैर दलित छिमेकीहरूले सम्पूर्ण व्यावस्थापन गरेका थिए ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses