बिदेशमा यौन शोषण हुदा, गाँउघरमा किन तिरस्कार ?
बिदेश गएर घर फर्किएपछि आर्थिक अबस्था राम्रो होला,समाजमा ईज्जत बढला भन्ने सोचेर बैदेशिक रोजगारीमा गएका महिलाहरुको पिडा सुनिसाध्य छैन । आफुले सोचेजस्तो नभएपछि उनीहरु पुर्पुरोमा हात राखेर बस्न बाध्य भएका छन । करिब ३ बर्ष अघि मोरङको लेटाङकी २६ बर्षीया बिना राई सुनौलो भबिश्यको अनगिन्ती सपना बुन्दै कुबेत पुगिन । घरायसी काममदारका रुपमा कुबेत पुगेकी उनले मानसिक यातना मात्र पाईनन घरमालिक बाट दैनिक शारिरिक यातनाको शिकार समेत बन्नुपर्यो ।
उनी जसोतसो त्याँहाबाट घर फर्किईन तर उनले झनै ठुलो बज्रपात सहनुपर्यो उनी फर्किदा उनका श्रीमानले अर्कैसँग बिवाह गरेर नयाँ जिवन शुरु गरिसकेका थिए । उनले न त श्रीमान नै पाईन नत आफुले दुःख गरेर पठाएको रकम नै उनको सपना क्षणभरमै खरानी भयो । डाँगहाट मोरङकी सपना चौधरी २ साना सन्तान र श्रीमानलाई घरमा छोडेर सुनौलो भबिश्यको कामना गर्दै ३ बर्षअघि दुबई पुगिन । मासिक नेपाली ८० हजार जति कमाई हुने प्रलोभनले उनी त्याहाँ पुगेकी थिइन ।
आफु सँग भएको एक कटठा जमिन,गरगहना समेत बेचेर उनी त्याँहा पुगिन । तर भनेजस्तो काम नभएपछि उनले थुपै्रपटक आफुलाई त्याँहा सम्म पुरयाउने दलाललाई समेत सम्पर्क गर्ने प्रयास गरिन तर सफल हुन नसकेपछि उनी ३ बर्ष त्याहाँ बसेर नेपाल फर्किइन । घर फर्किएपछि गाँउघरमा उनलाई हेर्ने नजर बदलियो,फलानाकी श्रीमती बिदेशमा यस्तो र उस्तो गरेर आएकी भन्दै छिमेकीले कुरा काटन थालेपछि उनी गाँउ छोडेर नजिकैको बजारमा डेरा लिएर ज्यालादारी काम गरिरहेकी छिन । उनी यतिखेर आफुले गरेको गल्तिप्रति प्रायश्चित गरिरहेकी छिन ।
करिब २ बर्षअघि मोरङको केराबारीकी ३५ बर्षीया शिखा लिम्बु दुबई पुगेकी दिनदेखि घरमालिकको अन्याय र अत्याचार सहन नसकेपछि ६ महिनामै घर फकिर्एन । घर आएपछि झन उनका दुःखका दिन शुरु भए । उनका श्रीमानले दैनिक मदिरा सेवन गरी तँ बिदेश गएर बिग्रिएर आएकी,यस्तो गरेर आएकी भन्दै कुटपिट गर्न थालेपछि उनी अहिले माईतीमै बस्न बाध्य भएकी छिन ।
यी त प्रतिनिधि घटना मात्र हुन । गरिबि, अशिक्षा,बेरोजगारी लगायत बिभिन्न समस्याका कारण रोजगारीका लागी अनगिन्ती सपना बोकेर दैनिक सयौ नेपाली युवायुबतिहरु बिदेश जाने गरेका छन । बिदेशमा गएपछि राम्रो जागीर पाईन्छ अनि धेरै पैसा कमाई हुन्छ जस्ता मिठामिठा दलालहरुका कुरा सुनेर भालिको सुनिश्चित भबिश्यको कल्पना गर्दै बिदेश पुगेपछि त्याँहा पाउने दुख,कष्ट अझ महिलाहरुमाथी हुने शारिरिक र मानसिक यातना र त्याँहा पाइने सास्ती र हण्डरको पिडा त अझ सहिनसुक्नुको हुनेगरेको छ ।
त्याँहा हुने शारिरिक शोषण र घर फर्किएपछि आफनै परिवारबाट तिरस्कृत भएपछि अधिकाँश नेपाली महिलाहरु पिडित छन । तरपनि उनीहरु समाजमा अपहेलित र तिरष्कृत हुने डरले केही बोल्न नचहाने र सम्बन्धित निकायमा उजुरी नगर्ने गरेको पिपुल फोरम मोरङकी अधिबत्ता कला त्रितालको भनाई छ ।
अधिकांश खाडीमा जाने महिलाहरु भारतको बाटो हुँदै अबैधानिक रुपमा जाने र उहाँ समस्या भएपछि कसैको सहारा पनि नपाउने र नेपालमा आएपछि पनि इज्जत र घरबार बिग्रने डरले समस्या लुकाईने गरेको उनको भनाई छ । यस किसिमका समस्याहरु धेरै सुनिएपनि पिपुल फोेरममा यस्ता उजुरी दर्ता नभएको र कसैले उजुरी गरे उसलाई संस्थाले सहयोग गर्ने उनले बताईन ।स्रोत : पुर्बेली न्यूज
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses