पहिलोपटक डान्सबारभित्र छिर्दा…

रङ्गीबिरङ्गी बत्ती झिपझिप गर्दै थिए मन्द गतिमा । कुना कुनामा परेवाका जोडीझैँ एक अर्काको मुखमा मुख लगाएर चुम्बन गरिरहेका थिए जोडाजोडी, जुन दृश्य झट्ट हेर्दा प्रस्ट देखिँदैनथ्यो । शरीरभरिका लुगा घटाएर आफ्ना भरिभराउ अङ्ग प्रदर्शनीमा राखेर बसेका युवतीहरुले विपरीत–लिङ्गीलाई उत्तेजित पार्ने माहोल बनाइरहेका थिए । चर्को म्युजिक बजिरहेको थियो जसमा राता राता गाला भएका, ओठमा रातो लाली लगाएका मयूरझैं नाचिरहेका थिए टिनएजका केटीहरु । त्यहीबीचमा एउटी युवती रातो स्कर्ट, जुन एक बित्ता थियो, माथिल्लो अङ्गमा वान पिसजस्तो लाग्ने लपेटेर देखापरी । उनको कालो ब्रा प्रस्टै देखिइरहेको थियो । ती युवती सबैभन्दा चञ्चल देखिइरहेकी थिइन् । तिनको नाम पूजा रहेछ । नाचेर पनि ग्राहकको चाँडो ‘पूजा’ गर्न साह्रै खप्पीस थिइन् उनी ।
भर्खर मेरा साथीहरूलाई पठाएकी, थाकेकी छु । उनीसँग मलाई कुरा गर्न इच्छा लाग्यो तर केटासँग नबसेर किन केटीसँग बसेकी रहिछ भनी डान्सबारका स्टाफहरूले मलाई हेर्न थाले । डान्स बारका स्टाफबाट डर पनि लाग्यो मलाई । हुन त हामी पत्रकार नभएर बिन्दास ग्राहक बनेर छिरेका थियौं । उनीसँग कुरा गर्न जाँदा तीनजना ४५ देखि ५५ वर्षका देखिने अधबैंसे भलादमी भुँडेहरू आए र आफ्नी छोरी उमेरका केटीहरुलाई देखेर मस्किँदै सोफामा बसे । अर्धनग्नका बीचमा लुगाले पूरै शरीर छोपिएकी मलाई देख्दा उनीहरू मलाई एकहोरो हेरिरहेका थिए । त्यहीबीचमा चञ्चल युवती आइन् र अधबैंसे पुरुषहरुको ‘पूजा’मा लागिन् ।
टिभी र फिल्ममा मात्र मैले त्यस्ता दृश्य देखेकी थिएँ जुन हामी ठमेलका बार र रेस्टुरेन्टमा शक्ति समूहको सहयोगमार्फत जाँदा प्रत्यक्ष देख्यौं । एकछिन अलमलियौँ, के गरौँ, गरौँ भयो । त्यसपछि हामीसँंगै गएका केटा साथीहरू लक्ष्यअनुसार कुनामा गए । एक सर्को चुरोट र एक ग्लास बियर लाउने कोसिस गरे । अनि आफ्नो रङमा चढे ।
उनीहरूनजिकै दुइटी टिनएज गएर बसे । हामी तीनजना केटीलाई के गर्ने गर्ने भयो । मैले चुरोट तान्न र बियर खान नसके पनि त्यो माहोलमा ती सुन्दरीसँग कुरा गर्ने आँट गरे । आखिर हाम्रो उद्देश्य नाङ्गो शरीरभित्र रहेको बाध्यता जान्नुथियो । कालो लामो गाउन, मंगोलियन अनुहार भएकी, ओठमा रातो लाली लगाएर सोफामा टोलाएर बसेकी केटी नजिक गएँ म ।
अगाडि स्टेजमा केटीहरूलाई केटाले साथ दिँदै डबल भोकलमा नाचिरहेका थिए । उनीसँग मैले के छ,  किन चुप लागेर बसेकी भनेर सोधँे । चर्को म्युजिक भएका कारण मेरो काननजिक आएर भनिन्, ‘भर्खर मेरा साथीहरूलाई पठाएकी, थाकेकी छु । उनीसँग मलाई कुरा गर्न इच्छा लाग्यो तर केटासँग नबसेर किन केटीसँग बसेकी रहिछ भनी डान्सबारका स्टाफहरूले मलाई हेर्न थाले । डान्स बारका स्टाफबाट डर पनि लाग्यो मलाई । हुन त हामी पत्रकार नभएर बिन्दास ग्राहक बनेर छिरेका थियौं । उनीसँग कुरा गर्न जाँदा तीनजना ४५ देखि ५५ वर्षका देखिने अधबैंसे भलादमी भुँडेहरू आए र आफ्नी छोरी उमेरका केटीहरुलाई देखेर मस्किँदै सोफामा बसे ।
अर्धनग्नका बीचमा लुगाले पूरै शरीर छोपिएकी मलाई देख्दा उनीहरू मलाई एकहोरो हेरिरहेका थिए । त्यहीबीचमा चञ्चल युवती आइन् र अधबैंसे पुरुषहरुको ‘पूजा’मा लागिन् । कुनैबेला उनीहरूको अनुहारमा आफ्नो अनुहार टाँसेर कुरा गर्दै थिइन् भने कुनै बेला ती अधबैंसेहरु उनको नाङ्गा बारुली कम्मर मुसार्दै थिए । म त्यही सोफामा बस्दै गर्दा ती तीमध्ये एकजना नेपालीजस्तो लाग्ने भलाद्मी मान्छे अलि अप्ठ्यारो मानिरहेको थियो सानी केटीहरूको कम्मर मुसार्न । रहर नभएर बाध्यता बताउने तीमध्येकी सुस्मिताले भनिन्, ‘हाम्रो शरीर यत्तिका अधबैंसेले छुन्छन्, हामीलाई नि नराम्रो लाग्छ तर यो नशामा चुर भएपछि हामीलाई धेरै केही मतलब हुन्न जसले छुएनि हुन्छ ।’ उनको मनमा केही निराशा थियो । उनीहरू ग्राहकसँग झुटो बोल्ने कुरामा खप्पीस भइसकेका हुन्छन् तर पनि यहाँनिर उनको गम्भीरता देखियो ।
मेरोछेउमै अर्की युवती आएर बसिन् । उनको शरीर अग्लो भए पनि लुगा खोज्नुपर्ने थियो । मैले नाम सोधे । दीक्षा बताइन्, साँचो हो वा झुटो उनी जानून् । कुरा गर्दै जाँदा मलाई सुस्मिताले आफूभित्र जानुअघि ‘तपाईं पहिलोचोटि हो यस्तो ठाउँमा आएको’ सोधेकी थिइन् । मैले आफ्नो कुरा लुकाउनका लागि ‘होइन, म दोस्रो पटक यसरी बारमा आएकी हुँ र मेरा साथीहरू उता तरुनीहरूसँग रमाइरहेका छन्,  हामी गुड फ्राइडे मनाउन आएका हौं’ भनेँ । उनी मुसुक्क हाँसेकी थिइन् । त्यसपछि मेरो ध्यान स्टेजतिर गयो ।
गोरी मंगोलियन मुहारकी एक १७, १८ वर्षकी केटी पेन्टी देखिने गरी कालो वान पिस टिसर्ट लगाएर हल्लिँदै थिइन् । तिनको वान पिस सर्केर माथि जाँदै थियो । उनी त्यो टिसर्ट सर्केको तान्दै लाज छोप्दै थिइन् । डान्सबारमा सबै चुरोटको धुवाँ र बियरको चुस्कीमा थिए । हामी तीनजना सिर्जना, टीका र मैले बियरको चुस्की लगाउन र चुरोटको धुवाँ उडाउन सकेका थिएनौँ । सुस्मिता र दीक्षाले हामीलाई सोधे, ‘किन नखाएको चुरोट र बियर ?’ तर के भनुँ भनुँ भयो हामीलाई अचानक त्यसरी सोध्दा । त्यो माहोलमा चुरोट र बियर सामान्य थियो । झट्ट भनिहाले, ‘धेरै स्मोकिङ र ड्रिंक्सले गर्दा फोक्सोमा इन्फेक्सन भयो, डाक्टरले केही दिन नखानू भनेको छ ।’
दीक्षासँग कुरा गर्दै जाँदा त उनकी एक वर्षकी छोरी रहिछन् । यो सपनाको सहरमा सपनाहरु ठोकिएर विपनामा परिणत नहँुदासम्म धेरै युवती यसरी नै जोवनलाई दुव्र्यसन   र डान्स बार अनि केबिनहरूमा बेच्छन् ।
भर्खर मेरा साथीहरूलाई पठाएकी, थाकेकी छु । उनीसँग मलाई कुरा गर्न इच्छा लाग्यो तर केटासँग नबसेर किन केटीसँग बसेकी रहिछ भनी डान्सबारका स्टाफहरूले मलाई हेर्न थाले । डान्स बारका स्टाफबाट डर पनि लाग्यो मलाई । हुन त हामी पत्रकार नभएर बिन्दास ग्राहक बनेर छिरेका थियौं । उनीसँग कुरा गर्न जाँदा तीनजना ४५ देखि ५५ वर्षका देखिने अधबैंसे भलादमी भुँडेहरू आए र आफ्नी छोरी उमेरका केटीहरुलाई देखेर मस्किँदै सोफामा बसे । अर्धनग्नका बीचमा लुगाले पूरै शरीर छोपिएकी मलाई देख्दा उनीहरू मलाई एकहोरो हेरिरहेका थिए । त्यहीबीचमा चञ्चल युवती आइन् र अधबैंसे पुरुषहरुको ‘पूजा’मा लागिन् । स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses