बैदेशिक राेजगारमा जानेहरूलार्इ खुशीकाे खबर

बैदेशिक राेजगारमा जानेहरूलार्इ खुशीकाे खबर – राहदानी बनाउन लाइन बस्नै नपर्ने , अब माेबाइलबाटपनि अावेदन दिन सकिने
राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ। यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए।

 ‘अहिले हामी एन्ड्रोइड र आईओएस दुबै प्लेटफर्मका मोबाइलमा चल्ने एपको अन्तिम परीक्षणको क्रममा छौँ। यो एप जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यावसायिक रुपमा सञ्चालनमा रहेका अनलाइन फर्म भर्ने स्थानमा गएर एक सय/दुई सय तिरेर लाइनमा बसेर फाराम भर्ने परिपाटीको अन्त्य हुनेछ’ सूचना अधिकृत सुवेदीले भने।

मोबाइल एपको प्रयोगमार्फत् आवेदनकर्ताले अनलाइन फाराम भरे जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन्। ‘मोबाइलबाट फराम भरेपछि आवेदनकर्ताले बारकोड नम्बर प्राप्त गर्छन्। उक्त बारकोडलाई स्क्रिन सट लिएर मोबाइलमा सेभ गर्ने, सेभ भएको बारकोडको फोटो लिएर विभागमा आउने व्यक्तिको फोटो र औँठा छाप लिने व्यवस्था मिलाएका छौँ’ सूचना अधिकृत सुवेदीले भने।

यो मोबाइल एप एन्ड्रोइड मोबाइल र आईफोन तथा आईप्याड (आईओएस) अपरेटिङ् सिस्टम भएका मोबाइल डिभाइसमा प्रयोगकर्ताले प्लेस्टोर र एप स्टोरमा गएर प्राप्त गर्न सक्नेछन्। मोबाइलको प्लेस्टोर र एप स्टोरमा गएर ‘नेपाली पासपोर्ट’ सर्च गरेपछि विभागले राखेको एप देखिने छ, उक्त एप मोबाइलमा इन्स्टल गरेर ओपन गरेपछि राहदानीका लागि आवेदन फाराम भेटिने विभागले जनाएको छ।

मोबाइलबाट राहदानीको आवेदन गर्नेले अनलाइन फाराममा आफ्नो सम्पूर्ण विवरण मोबाइलबाटै एपको प्रयोग गरेर भर्न सक्नेछन् । यसरी मोबाइलबाटै फाराम भरे लगत्तै आवेदनकर्तालाई विभागमा गएर औँठाछाप लगाउने, प्रत्यक्ष फोटो खिच्ने र हस्ताक्षर गर्नका लागि समय र बारकोड नम्बर प्राप्त हुनेछ।

‘अनलाइन फाराम अरुले भरिदिने हुँदा कही कतै गल्ती भयो भने आवेदनकर्ताले खोई अरुले भरेको हो मैले भरेको होइन भन्ने जस्ता समस्या समाधान गर्ने र सूचना प्रविधिको प्रयोग मार्फत् छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले विभागले मोबाइल एपबाट फाराम भर्ने व्यवस्था मिलाएको हो’  सूचना अधिकृत सुवेदीले भने।

मोबाइल एपमा देखिने फारम हाल उपलब्ध अनलाइन फारम नै रहेको जनाइएको छ । मोबाइल एपबाट फारम भर्न नचाहनेहरुका लागि अनलाइन फारम पनि पूर्ववत् प्रयोग गर्न सक्नेछन् ।स्रोत : पुर्बेली न्यूज

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses