आमा प्रेमी भेट्न गएपछि खान नपाएर २३ महिने छोराको मृत्यु
बालबालिकाको जीवनमा आमाको महत्व अति नै हुन्छ । त्यसैले त मानिस आमालाई धेरै सम्मान गर्छन् । तर, यूक्रेनमा आमा प्रेमी भेट्न गएपछि खान नपाएर एक २३ महिने बालकको मृत्यु भएको छ । प्रेमी भेट्न पुगेकी आमाले घरमा छोराछोरी छोडेको बिर्सिएपछि नौ दिनसम्म खान नपाएर २३ महिनाको बालकको मृत्यु भएको बिबिसीले जनाएको छ । २० वर्षकी आमाले झण्डै तीन वर्षकी छोरी र २३ महिने छोरालाई नौ दिनसम्म खाना बिना घरमा छाडेपछि बालकको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ । खान नपाएर भाइको मृत्यु भएपछि झण्डै तीन वर्षकी दिदी आन्या भाइको शव लिएर तीन दिनसम्म फ्ल्याटमा एक्लै बसेकी थिइन् । बच्चाकी आमा ब्लादिस्लावा पोदचाप्को छोराछोरीलाई घरमा छोडेर आफ्नो प्रेमीको घरमा गएको उनलाई नजिकबाट चिन्ने आफन्तलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । समाचार बाहिर आएपछि यूक्रेनमा सामाजिक संजालमा हंगामा मच्चिएपछि राष्ट्रपतिका सल्लाहकार माइकोला कुलेबाले फेसबुकमा यो घटनाबारे जानकारी दिएका छन् । नौ दिनसम्म खान नपाएकी छोरी आन्याको अहिले आइसियूमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार उनी फ्ल्याटमा बेहोस भेटिएकी थिइन् । माइकोला कुलेबाका अनुसार पोदचाप्कोले बच्चाको लागि केही चकलेट मात्र राखिदिएकी थिइन् । आमाले धेरैदिनसम्म छोडेर गएपछि बच्चाले बाहिर निस्कन कोसिस गरेका थिए । तर सफल भएनन् । प्रहरी अनुसन्धानबाट पोदचाप्कोले आफ्नो प्रेमी नै पति भएको बताएकी छिन् । यी दुई बच्चाको पिता पनि उनी नै भएको प्रहरीको अनुमान छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको जनाएको छ । स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses