सामाजिक द्वन्द्व फैलाउन केपी ओली सक्रिय
काठमाडौँ – संविधान सबैको साझा दस्ताबेज हो । यसमा आम नेपाली जनताले अपनत्व महसुस गर्नु आवश्यक पर्दछ । सरकारले सोही आवश्यकताका आधारमा संविधानको दोस्रो संशोधन प्रस्ताव दर्ता गरेको छ । तर नेपाली जनतालाई सधै गुमराहमा राखेर केवल स्वार्थको मात्रै राजनीति गर्दै आएको खड्ग ओली नेतृत्वको नेकपा (एमाले) ले भने विषयलाई तन्काएर आफ्नो सिमित राजनीतिक स्वार्थ सिद्ध गर्न लागिपरेको छ । एमाले त्यसतो पार्टी हो जसको राजनीतिक सिद्धान्त छैन, विचार छैन, राजनीतिक कार्यदिशा छैन, त्यही पार्टीको नेतृत्वमा छन् खड्ग ओली । जो सधै प्रतिक्रियामा रमाउन्छन् र आफूलाई शेर अरु सबै मुसा हुन भन्ने मान्यता राख्छन् ।
आजको जनआह्वान साप्ताहिकमा खबर छ – जनआन्दोलन दोस्रो चलिरहेको बेला नेपालमा गणतन्त्र आउनु र ठेलगाडा चढेर अमेरिका जानु एउटै हो भन्ने धारणा राख्थे उनी । राजाको पाउमा दाम राखेर ढोग्ने पनि एमालेमै छन् । महाकालीमा उत्पादन भएको विजुली स्याटेलाइटबाट चीन बेच्न सकिन्छ भनेर हावादारी गफ दिने पनि एमालेमा नै छन् । महाकाली सन्धीमा राष्ट्रघात गर्ने जमात पनि एमालेमा नै छ । वामदेव गौतमलाई भ्रष्टाचारी घोषणा गरेर पानीमाथिको ओभानो बन्ने पनि एमालेमा छन् । एमाले त्यस्तो पार्टी हो जो राजनीति, विचार, सिद्धान्त भन्दा पनि प्रतिक्रियामा रमाउँछ । राजनीतिक विश्लेषकहरुले त एमालेलाई केवल प्रतिक्रिया दिने पार्टी नै भन्न रुचाउँछन् ।
कट्टरताको नाममा कालोलाई सेतो र सेतोलाई कालो भन्ने चरम दक्षिणपन्थ पनि एमालेमा नै छ । परिवर्तन स्वीकार गर्न नसक्ने र हवाइ कल्पनाको व्यापार गर्ने लहवाजहरुको भीड एमालेमा छ । एमाले राजनीतिक पार्टी भन्दा पनि एनजिओको कारिन्दा हो भन्दा फरक पर्दैन जान्नेहरु यसै भन्छन् । एमाले राजनीतिक एनिजओ हो । जो स्वार्थको लागि डलरको खेती गरेर आफूलाई राजनीतिको रंग दिन चाहन्छ । एमाले त्यो समूह जो आफू मात्रै राष्ट्रवादी अरु सबै अराष्ट्रिय हुन भन्ने भ्रममा रमाउँछ, विश्लेषकहरु भन्छन् , स्वार्थको लागि राजनीतिक गरेकै कारण एमालेले हावाको सपना बाड्यो, समुन्द्र नै नभएको मुलुकमा पानी जहाज चलाउने कथा पनि सुनायो तर ती सबै हावा थिए भन्ने इतिहासमा पुष्टि भइसकेको छ ।
सरकारले विगतमा काँग्रेस एमालेकै प्रस्तावलाई संसदमा दर्ता दर्ता गराएको छ । जुन कुनै नयाँ प्रस्ताव होइन । विगतमा सुशील कोइराला र खड्ग ओलीले हस्ताक्षर गरेको र तत्कालीन राजनीतिक सम्वाद समितिमा पेश गरेको प्रस्ताव नै सरकारले सदनमा दर्ता गराएको छ । तर एमाले त्यो मेरो प्रस्ताव नै होइन भने जसरी प्रस्तसत भएको छ, जुन नेपाली राजनीतिका लागि सुहाउँदो र मान्य विषय होइन । खडग ओली मुलुकलाई अनिर्णयको बन्दी बनाउन चाहन्छन् । संविधान कार्यान्वयनमा बाधा हाल्न चाहन्छन् । संविधानलाई असफल बनाउने योजना नै एमालेको पहिलो मक्सद हो । एमाले जनजाति, आदिवासी, मधेसी, महिला र दलितलाई अधिकार दिन चाहदैन । एमाले एकल जातको आधारमा मुलुकलाई महेन्द्रीय राष्ट्रवादको फेरोमा मात्रै हिडाउन चाहन्छ । मधेसकेन्द्रित दललाई कहिले झरेको आँप त कहिले पहेलो पातको संज्ञा दिएर एमाले जातिय द्वेष फैलाउन चाहन्छ । एमाले मुलकुलाई विखण्डनको डिलमा पु¥याउन चाहन्छ । उसको राजनीतिक शैली, कार्यदिशा, सोच तथा चिन्तन सबै अहंकारले ग्रसित छ । राजनीतिमा अहंकारले काम गर्दैन । जडता पनि राजनीतिका लागि पाँच्य हुन सक्दैन । जडताले मुलुकलाई द्वन्द्वमा लैजान्छ, अहङ्कारले समाजमा विभेद जन्माउँछ, एमाले विभेदको राजनीतिको प्रमुख खेलाडी हो । जो आफूमात्रै खाँउ, अरु केही होइनन् भन्ने मान्यतामा रहन्छ ।
२०४६ सालदेखि आजसम्मको राजनीतिक इतिहास हेर्ने हो भने एमाले स्वार्थमा भन्दा कहिल्यै अगाडि बढ्ेन । मुलकलाई केन्द्रबिन्दुमा राखेर कहिल्यै राजनीति गरेन । महाकाली सन्धीमा प्रभुलाई मुलुकको अस्मिता बुझाएकै हो एमालेले । संकटकालमा जनता मार्ने कानुन बनाउने प्रमुख योजनाकार नै एमाले हो । एमाले त्यस्तो शक्ति हो जो एनजिओका रखवारी गर्छ र उसैको एजेण्डामा काम गर्छ । शान्ति प्रक्रियालाई पूर्णत प्रदान गर्न नदिने उसको चालबाजी आम नेपाली जनतालाई थाहा भएकै विषय हो । आज पनि संविधान संशोधन प्रक्रिया अगाडि बढ्न नदिन एमाले न्वारनदेखिको बल निकालेर लागिपरेको छ । सबै एमाले त्यसरी बढेको देखिदैन, तर खड्ग ओली कुनै पनि हालतमा मुलुकलाई अगाडि जान दिने पक्षमा छैनन् । उनी प्रधानमन्त्री हुँदा नै उनले अगाडि सारेको एजेण्डा नै सरकारले संशोधन प्रस्तावमा अगाडि बढाएको छ ।
खड्ग ओलीले मधेशकेन्द्रित दललाई मनाइदिन भारतीय जनता पार्टीका नेता विजय जोली, अजित डोभालहरुसँग अन्तरंग पनि गरेका थिए । होटल द्धारिकामा सामान्य कुटनैतिक मर्यादा समेत भुलेर प्रधानमन्त्री जस्तो पदमा रहेका व्यक्ति राजदूतसँग भलाकुसारी गर्न गएका थिए । मुखमा राष्ट्रवादको माला जपेर कहिले प्रदीप ज्ञवालीलाई त कहिले राजन भट्टराईलाई दिल्ली पठाएर प्रभुको आशिर्वाद लिन खोजेकै थिए । तर भारतको संस्थापन पक्षले नटेरेपछि महकाली सन्धीमा देखाएको राष्ट्रवादको परीक्षा प्रधानमन्त्री हुँदा सापो नापो गरेका थिए, ओलीले ।
आज उनै ओली प्रचण्ड नेतृत्वको सरकारलाई संविधान संशोधन हुनै नदिने भष्मासुर प्रवृत्तिमा लागेका छन् । राजनीतिमा सामान्य नैतिकता हुन्छ । विगतमा आफैले हस्ताक्षर गरेको, आफैले सहमति गरेको र यही वैज्ञानिक छ, वस्तुनिष्ठ छ भन्दै प्रचार गराउँदै हिडेको एजेण्डा समेत ओली मान्न तयार नहुनुले उनी नेपालमा द्धन्द्ध मच्चाउन चाहन्छन् र एनजिओको नाममा हरिया डलरको खेती गर्न चाहन्छन् भन्ने पुष्टि भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
विश्लेषकहरुकाअनुसार खड्ग ओली संविधान संशोधन गर्न नदिने पक्षमा लाग्नुको पछाडि राजनीतिक बेइमानी र इगोले काम गरेको छ । ओली आफै सेल्फ इगो सेन्ट्रिक माइन्ड भएका व्यक्ति हुन् । उनलाई आफू मात्र ठिक, एमाले मात्रै पार्टी हो, अरु केही होइनन् र उनीहरुको कुरा सुन्नु पर्छ र सम्बोधन गर्नुपर्छ भन्ने मान्यता राख्दैन । पछिल्लो पटक अंगीकृत नागरिकताको विषयमा फैलाइएको अफवाहमा समेत इगो सेन्ट्रिक मान्यताले काम गरेको छ ।
यस्तै मधेसवादी दललाई समेत सहमतिमा ल्याएर चुनाव गराउन सकियो भने एमाले हावाको बिजुलीमा सिमित हुने छ । किनकी पानी जहाज चलाउने, हावाको बिजुली निकाल्ने र पाइपबाट खाना पकाउने ग्यास पठाउने हवाई कल्पनाले बिराम लाग्ने छ । त्यसकारण पनि ओली मुलुकमा निर्वाचन हुन दिदैनन् र संविधान कार्यान्वयन हुन दिदैनन् । उनलाई राम्रोसँग थाहा छ मलाई हठा्त प्रधानमन्त्रीबाट हटाउनेलाई चैनसँग बस्न कहाँ दिउँला र । पछिल्लो पटक एमाले स्थायी समितिको बैठकमा संविधान संशोधनमा बाहिर विरोध गरेपनि सहमति गर्नुपर्छ भन्ने मत राख्ने झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, युवराज ज्ञवालीलाई कारवाही हुन्छ, गरिन्छ भन्दै आफ्ना गुटका इश्वर पोखरेल,शंकर पोखरेल, प्रदीप ज्ञवालीलाई बोल्न लगाएर ओलीले धम्की दिएका थिए ।
त्यसो त आफूलाई राष्ट्रवादको प्रयाय बताउने ओलीले पछिल्लो पटक भारतीय गुप्तर एजेन्सीसँगको सम्वादलाई थप निरन्तरता दिएका छन् । उनले रअका स्टेशन प्रमुखसँग मात्रै पछिल्लो दश दिनमा चार पटक भेटेका छन् । ललितपुरमा रहेको एमालेको एक नेताको घरमा मात्रै ओलीले रअका नेपाल प्रमुखसँग भेटेको बताइन्छ । पहिलो संविधानसभालाई विघटन गराउने समयमा होटल एभरेष्टको आठौ तल्लामा रअका प्रमुखसँग भेटेको खुलमखुल्ला बताउने ओलीले आफूलाई भारतले कहिल्यै स्वीकार नगरेको बताउँदै आएका थिए । विजय जोली, अजित डोभालहरुसँगको अन्तररंगले काम नगरेपछि मात्रै उनले त्यसो भन्ने गरेको एमालेकै अर्को गुटका नेताहरु बताउँछन् ।
मुलुकलाई भड्खालोमा हाल्ने, संविधान कार्यान्वयन हुन नदिने तथा असन्तुस्ट पक्षलाई कुनै पनि मूल्यमा सहमतिमा आउन नदिनु भनेको एमालेको अराजनीतिक र राष्ट्र हित विपरितको गतिविधि रहेको राजनीतिक विश्लेषकले ठहर गरेका छन् । सरकारले बल एमालेको कोर्टमा फालेको छ, अरु पनि मुलुकलाई अराजकतामा फसाएर आफ्नो दुनो सोझो पार्ने वा राजनीतिक चरित्र प्रदर्शन गर्ने जिम्मा उसैको हातमा रहेको छ । सधै प्रतिक्रियाको मात्रै राजनीति गर्ने चरित्रले न त मुलुकको हित गर्छ, न त एमालेको नै । सामान्य राजनीतिक चरित्र र चिन्तन भएका मान्छेले पनि संविधान कार्यान्यवन गराउन मधेसवादी दललाई ल्याउनुपर्ने वाध्यता रहेको कुरा बुझ्दछ । अझै पनि खड्ग ओली विजय जोली, अजित डोभाल र रका प्रमुखको सल्लाहमा चल्छन् कि नेपाली आवश्यकतालाई मनन गरेर अगाडि बढ्छन् । त्यो भने इतिहासले नै सिद्ध गर्नेछ । अन्यथा भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses