माधवले खोले पोल– ओलीले रात्रिभोजमा भारतीयलाई यसरी कुरा लगाए

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीद्वारा भारतीय समकक्षीको सम्मानार्थ अघिल्लो बिहीबार सोल्टी होटेलमा आयोजित रात्रिभोजको एउटा टेबुलबाट अर्कोमा सारिएका पारिकै एक पाहुनाले सोही साँझ अर्को पाँच तारे होटल र्‍याडिसन पुगेर कांग्रेस नेतासमक्ष एमाले अध्यक्ष केपी ओलीसँगको कुराकानी छरपष्ट पारिदिएका छन् ।

जनआस्था साप्ताहिकमा खबर छ ।
भारतीय जनता पार्टीका महासचिव राम माधव, शेरबहादुर देउवापत्नी आरजु र परराष्ट्रमन्त्री प्रकाशशरणपत्नी बीनासँग एउटै टेबुलमा थिए । परबाट पूर्वप्रधानमन्त्री ओलीले देखे र आफ्नो टेबुलतिर लिएर गए । त्यहाँ दुई नेताबीच नेपाल भारत सम्बन्ध, यसबीचका तिक्तता, लोकमानसिंहविरुद्धको महाभियोग प्रस्तावबारे सानो स्वरमा खाँदै एकघन्टा अनेक कुरा चले ।

ती सबै कुरा माधवले र्‍याडिसन होटलमा पछि भेला भएका कांग्रेस नेताहरु शशांक र शेखर कोइराला, विमलेन्द्र निधीसामु छरपष्ट पारिदिएका हुन् । उनको भनाइ थियो, ‘मैले त केही भनेको थिइनँ । केपीजीले नै बीचमा क–कसको चलखेलका कारण हामीबीच असमझदारी हुन पुग्यो, अब सम्बन्ध सुधार्नुपर्छ भन्न थाले ।’

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses