बच्चाका आनीबानीले हैरान हुनुहुन्छ?

जब तपाइँ पहिलोपटक आमा वा बुबा बन्नुहुन्छ, तपाईँलाई आफ्नो बच्चाका गतिविधिले मोहित बनाउँछ। तर, बच्चाका कतिपय आनिवानीले दिक्क र निराश पनि बनाउन सक्छ।
तर, तपाईं ढुक्क हुनुहोस्, बच्चाका अधिकांश आनीबानी सामान्य हुन्छन् र त्यसले दीर्घकालिन रूपमा कुनै हानी पुर्‍याउँदैन। बच्चाले सिक्ने र गर्ने धेरै कुरा उनीहरूको विकास प्रक्रियाको एउटा चरण मात्र हो। बच्चामा तपाईँलाई मन नपर्ने एउटा वा त्यसभन्दा बढी आनीबानी हुन सक्छन्।
जब बच्चाले कुनै निश्चित क्रियाकलाप वा ब्यबहार पटक-पटक गर्छ, त्यसलाई हामी बानी भनेर मान्छौं। वास्तवमा बच्चाले के गरिरहेको छ भन्ने कुरा उसलाईनै थाहा हुँदैन। बच्चाका निम्ति त्यो सामान्य कुरा हो, तर आमाबाबुको लागि त्यो सँधै सुखद् हुदैनन्।
बच्चामा विशेष खालको बानी के कारणले विकसित हुन्छ भनेर यकिन गरेर भन्न सकिदैन। तर, प्रस्ट कुरा भनेको बच्चाले आनीबानी सिक्दै जाने कुरा हो, त्यसले आफूलाई कुनै न कुनै फाइदा पुगेको बच्चाले महशुश गरेको हुन्छ। त्यस कारणनै उसले निश्चित कार्य पटक-पटक गर्छ र गर्न चाहन्छ।
बच्चाले आफ्नो तनाब कम गर्ने वा मनोरञ्जन लिने उपायको रूपमा कुनै कुरा गर्न सिक्छ र त्योनै बानीको रुपमा विकास हुनेगर्छ भन्ने मान्यता छ। जस्तै, तपाईँको बच्चा नङ टोक्न वा बुढी औंला चुस्न थाल्यो भने उसले हालसालै कुनै तानावपूर्ण कुरा अनुभव गरेको छ कि भनेर सोच्नुपर्छ। अर्कोतिर बच्चाले ढुक्क भएर सुत्नुभन्दा पहिले वा मिठो संगीत सुन्दै गर्दा आनन्दित भएर पनि औंला चुसिरहेको वा कपाल खेलिरहेको हुन सक्छ। अझ नङ टोक्ने बानी त तपाईँबाट नै सिकेको पनि हुन सक्छ। कहिलेकाही बच्चाले त्यस्ता कुरा गर्छन् जसले गर्दा तपाईँले प्रतिक्रिया जनाउनुहुन्छ।
नङ टोक्नु सम्भवत: बच्चामा सबैभन्दा बढी देखिने बानी हो। ३० देखि ६० प्रतिशत बालबालिका वा किशोरकिशोरीले कुनै न कुनै बेला हातको एउटा वा बढी नङ टोक्ने गरेको तथ्यांकले देखाउँछ। आकल-झुकल कुनै बच्चाको आफ्नो खुट्टाको नङ टोक्ने गरेको पनि देखिन्छ। छोरा र छोरीमा नङ टोक्ने बानी बराबरी जस्तै देखिन्छ, तर उमेर बढ्दै गएपछि छोरीको तुलनामा छोराले बढी नङ टोक्ने गरेको देखिएको छ।
नाक कोटट्याउने बानी पनि सानै उमेर देखि सुरू हुन्छ र उक्त बानी पछिसम्म पनि रहिरहन्छ। वयस्कमा गरिएको यौटा अध्ययनमा देखाए ठूलो संख्यामा मानिसहरूको नाक कोटट्याउने बानी हुनेरहेछ।
बुढी औंला चुस्नु दुईदेखि चार वर्ष उमेर समूहका बच्चाहरूमा झन्डै आधा जसोमा देखिने बानी हो। बच्चाले अरू औला नचुसेर बुढी औंला नै चुस्न मन पराउँछन्। सायद शीशु अवस्थामा हात मुखमा लैजादा बुढी औला सजिलै सम्पर्कमा आउने हुनाले त्यस्तो भएको हुनसक्छ। धेरैजसो बच्चाले आफैंलाई शान्त गर्न आफ्नो औंला चुस्ने गर्छन् भन्ने मान्यता छ। तर ४-५ वर्ष माथिका बच्चाले धेरै पटक वा एकदम बेस्सरी औंला चुस्छन् भने त्यसले दाँतको, औंला वा नङको संक्रमण लगायत बच्चा अरू साथीहरूले जिस्क्याउने र मानसिक तनाव हुने जस्ता समस्या पनि आउन सक्छ।
कपाल सुम्सुम्याउने, बटार्ने वा तान्ने बानी छोरा भन्दा छोरीमा बढी भेटिन्छ। सानै उमेरमा यस्तो बानी सुरू हुने भए पनि धेरै जसो बच्चामा उमेर बढ्दै जादा त्यस्तो बानी छुट्छ। यदि बच्चा ठूलो हुँदासम्म कपाल तान्ने बानी रहिरह्यो भने त्यो छुटाउन गाह्रो पर्छ। यस्तो बानी विभिन्न मानसिक समस्याको संकेत पनि हुनसक्छ। कहिलेकाही पछिसम्म आफ्नो कपाल तान्ने बानी रह्यो भने कपाल झर्ने समस्या आउन सक्छ।
तपाईँको बच्चामा त्यस्तो कुनै खालको बानी बसेको छ भने पनि खासै चिन्ता गर्नु पर्दैन किनकि स्कुल जाने उमेर पुग्दासम्म त्यस्तो बानी हटेर जान्छ। यदि तपाइँ चिन्तित नै हुनुहुन्छ र त्यस्तो बानी छुटाउन चाहनुहुन्छ भने अवश्य पनि केही उपायहरु छन्।
पहिलो तरिका भनेको माया गरेर नम्रसँग तपाईँलाई त्यो कुरा मन पर्दैन भन्ने कुरा बच्चालाई जानकारी दिनुहोस् र किन मन नपरेको हो त्यो पनि बताउनुहोस् सजाए दिएर, गिज्याएर वा गाली गरेर त्यस्ता बानी छुट्ने होइन, बरू बढ्न सक्छ।
कुनै राम्रो नलाग्ने बानी हटाउन आफ्नो बच्चालाई राम्रो ढंगले काम गराउनुहोस्। त्यस अन्तर्गत समाधान खोज्न प्रयास गरिन्छ। जुन बानी हटाउन खोज्दै हुनुहुन्छ, त्यसको बदलामा उस्तै लाग्ने अन्य कुरा गर्न प्रोत्साहित गर्नुहोस्। जब बच्चा अरु कुरामा भुलिन थाल्छ, उसको त्यो बानी बिस्तारै छुट्छ।
बच्चालाई पुरस्कृत गरेर पनि विभिन्न छुटाउने र राम्रो बानीको विकास गर्न सहयोग पुग्छ। जस्तै एउटी बच्चीले नङ टोक्न छाडेर अलि लामो हुन दिई भने उसलाई मन परेको पालिस लगाउन दिनुहोस् वा उसलाई मन पर्ने खेलौना उपहार दिनुहोस्। राम्रो आनिबानीको लागि अविछिन्न उपमा हौसला दिने वा पुरस्कृत गर्न जरूरी छ किनकि बच्चाले त्यसलाई निरन्तरता देओस्।
जब आफ्नो बच्चाको कुनै बानी शारीरिक वा मानसिक रूपमा समस्याजनक लाग्न थाल्छ, त्यो सामान्य नहुन पनि सक्छ र डाक्टरलाई देखाउनुपर्छ। नाक कोट्याउने बच्चाको नाकमा केही कुरा परेको हुन सक्छ। अर्कोतिर नाक कोट्याउने बानी परेको बच्चाको नाथ्री फुटेर रगत आउन सक्छ, नङ टोक्ने बच्चाको नङ उप्किन वा पाक्न सक्छ, औंला चुस्ने बच्चाको दात नमिल्ने हुनसक्छ। त्यस्तै कपाल चलाईरहने बच्चाले कपाल खाएर पेट फुल्ने, उल्टी हुने जस्ता समस्या पनि देखिन सक्छ। यी बाहेक कुनै कुनै बानी मानसिक रोगको लक्षण पनि हुन सक्छ। त्यसकारण तपाईँ बच्चाको बानी अत्यन्तै असामान्य लागेमा चिकित्सकको सहयोग लिनुहोस्।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses