ठमेलको मसाज सेन्टरमा प्रहरी छापा, १६ युवती पक्राउ
काठमाडौं– ठमेलमा सञ्चालित मसाज सेन्टरहरुमा प्रहरीले छापा मारेको छ । सोमबार ठमेलमा सञ्चालित विभिन्न मसाज सेन्टरहरुमा छापा मारेर १६ युवतीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी सोमेन्द्र राठौरले जानकारी दिए ।
पक्राउ परेका युवतिहरु मसाज सेन्टरमा काम गर्ने नाममा यौन ब्यवसायमा संलग्न भएको बताईएको छ । प्रहरीले ती युवतीहरुलाई कमिशनमा ग्राहक खोजिदीने बझाङका २५ बर्षिय अर्जुन कार्कीलाई पनि पक्राउ गरेको छ । यौन दलालको भुमिकामा देखिएका कार्कीले प्रक्तिब्यक्ती १५ सयदेखी तीनहजार सम्म लिएर ग्राहकहरुलाई मसाज सेन्टरसम्म लैजाने गरेको प्रहरीको भनाई छ ।
पक्राउ परेका युवतीहरु नेचुरल हर्वल स्पा, बडि हेल्थ केयर हेल्थ सेन्टर, सगरमाथा स्पा र खोम्जोङग स्पामा कार्यरत थिए ।
मसाज सेन्टरको बोर्ड राखेर भित्र यौन धन्दा सञ्चाल गर्ने सगरामाथा स्पाका सञ्चालक रमेश श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ठमेलमा स्पा र मसाजको नाममा सञ्चालित यस्ता सेन्टरहरुमा युवतीहरु मात्रै बसेर यौन ब्यवसाय सञ्चालन गर्दै आएको र उनिहरुले सञ्चालकको खातामा कमिशन रकम डिपोजिट गरिदीनेगरको डिएसपी राठौरले जानकारी दिए । ‘सगरमाथा स्पाको सञ्चलक हिसाव हेर्न आएको हुनाले पक्राउ गर्न सफल भयौं’ राठौरले भने, ‘अधिकांश मसाज सेन्टरका सञ्चलकहरु बाहिरै बस्ने गरेको देखिन्छ ।’
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses