जीवनजोयाको पुनर्मिलनमा आङकामीको प्रयास आज सफल भिडियो सहित हेर्नुहोस्

चितवनमा बस्दै आएको जीवन थापा मगर र जोयाबीचको पारिवारिक विछोड भएकोले उनीहरुलाई पुनर्मिलन गराउन हजारौ सहयोगीहरु बढ्न थालेका थियो । सानो विवादको कारण देखाईआदर्श गृह नामक संस्थाले जीवनकी श्रीमती जोयालाई जबरजस्त देशनिकाला गरेर अन्यायमा पारेको समाचार सुनेपछि न्युयोर्क निवासी आङकामी शेर्पाले सत्यतथ्य बुझेर दुबैलाई सम्पर्क गरेर सहयोगको लागि सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।

photohera.com का फोटोग्राफर शेर्पाले उनले आफ्नो फेसबुक म्यासेजमार्फत जोयालाई भिडियो च्याटमार्फत धेरै कुरा सोधेका थिए । त्यतिखेर जोयाले रुदै आफनो परिवारसग भेट्न चाहेको भनेर सुनाएका थिए । जोयाको आँखाबाट निस्केको आँशु र भावुक र दुखित स्वर सुनेपछि शेर्पाले तत्कालै पुर्नमिलन गरिदिने वचन दिएका थिए । त्यसपछि उनले जीवनसग पनि बुझेका थिए । जीवनले पनि आफु निर्दोष र गरिबीको कारण अन्यायमा पारिएको भनेपछि उनले फेसबुकमार्फत सबैतिर सहयोग मागेका थिए । त्यसलगत्तै शेर्पाले नेपालमा आफना नातेदारलाई भनेर गृह मन्त्रालयमार्फत चितवन प्रहरी चौकीमा राखेको जीवनको नागरिकता र पासपोर्ट लिनेदेखि उनीहरुलाइ पुनर्मिलनको लागि लागी परेका थियो । उनीहरुकै लागि भनेर आर्थिक संकलन पनि शुरु गरेको थियो ।

उनले अहिलेसम्म करिब १० हजार डलर संकलन गरिसकेका छन् । ‘म आफु पनि सानोमा टुहुरो भएर अन्यायमा परेरको दुःख सम्झेर जीवन र जोयाको अन्याय देख्न नसकेर उनीहरुको सहयोगमा जुटेको हो ’ उनले भने, ‘जीवन गरिब भनेर संस्था र प्रशासनले हेपेको सुन्दा निकै दुःख लाग्यो ।’ समाजसेवी आङकामी शेर्पाको नै पहलमा जीवनको पासपोर्ट र नागरिकता हात पारेका थिए । यतिखेर उनी जहाँ पुगेपनि जीवन र जोयाको सहयोगकै कुरा गर्छन् र सहयोग माग्दै हिडेको देख्दा अभिभावककै भुमिका निभाएको जस्तो लाग्छ । उनले जीवन र जोयाको पुर्नमिलनको बारेमा फेसबुकमार्फत राखेको भिडियो लाखौंले हेरिसकेको छ भने हजारौले कमेन्ट गरेका छन् ।

मलाई जसले जे भनेपनि म पनि पीडित हुँ म कसैले अन्याय भोगेको देख्न सक्दिनँ,’ उनले भने, ‘श्रीमान श्रीमतीबीच जसको पनि ससानो विवाद भइहाल्छ तर उनीहरुको विवादको फाइदा कसैले लिएर उनीहरुलाई अलग गर्नु पाप हो । म उनीहरुको नेपालमा पुर्नमिलन होस र सुखद जीवन बिताओस भनेर कामना गरि लागिपरेका थिए तर म एक्लै थिएनन् मैले चिन्ने नचिन्ने थुप्रै साथीहरु थिए तपाई हामी सबैको प्रयासले यो पुनर्मिलन सफल भएको छ । 


हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses