को–को संलग्न छन् हुण्डी कारोबारमा ? बैंककै अध्यक्ष संग्लग्न भएको पैय अरु ठूलै गिरोह सक्रिय

काठमाडौं, १६ मंसिर । भारत सरकारले नक्कली भारतीय रुपैयाँको कारोबार रोक्नका लागि एक हजार र पाँच सय दरका नोटमाथि प्रतिबन्ध लगाएसँगै नेपालबाट हुण्डी कारोबार गर्ने गिरोहले शैली फेरेको छ ।
पहिला न्यूरोड, महाबौद्ध, ठमेल, सुन्धारा, ज्याठाजस्ता स्थानमा कार्यालय राखेर हुण्डीको अवैध कारोबार गर्नेहरुले अहिले घर–घरबाट नै कारोबार गरिरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
भारतीय रुपैयाँ कौडिको मूल्यमा झरेपछि अबैध डलरको कारोबार बढ्न थालेको छ । अबैध हुण्डी कारोबारदेखि सुनको तस्करी गर्ने गिरोहको जालो नेपालबाट भारत मात्र नभई बैंकक, सिंगापुर, यूके, तिब्बत, मलेसिया, मकाउ र हङकङसम्म फैलिएको छ ।
दर्जनौं रेमिट्यान्स कम्पनीहरु सञ्चालित भएर पनि हुण्डीका माध्यमबाटै ठूलो रकम ओसार पसार हुन थालेपछि राष्ट्रबैंकले मातहतका निकायलाई अवैध हुण्डी कारोबार रोक्न निर्देशन दिएको एक वर्ष वितिसकेको छ ।
स्रोतका अनुसार राष्ट्रबैंकका केही उच्च अधिकारीहरुको हुण्डी कारोबारीसँग सेटिङ रहेका कारण अर्थतन्त्र नै डामाडोल बन्न सक्ने खतरा बढ्दै गइरहेको छ । नेपालमा हुण्डीको कारोबार गर्नेहरुमा जगन्नाथ ज्ञवाली(जेएन), सनत प्रधान, पवन सरिया, प्रदिप सरिया, सुवास भण्डारी, दिपक मल्होत्रा, कृष्ण ज्ञवाली अग्र पंक्तिमा आउँछन् ।
काष्ठमण्डप डेभलभमेन्ट बैंकका अध्यक्ष समेत रहेका जेएन ज्ञवाली हङकङमा बसेर हुण्डीको कारोबार गर्दै आएको स्रोत बताउँछ । हङकङ आइडी समेत भएका ज्ञवाली कसरी नेपालमा उक्त बैंकको अध्यक्ष भए ? राष्ट्रबैंकले छानविन गर्ने हो भने उनी कारबाहीमा पर्ने निश्चित रहेको राष्ट्रबैंककै एक उच्च अधिकारी बताउँछन् ।
त्यस्तै, न्यूरोड पाकोस्थित डाइनामिक भिजन ट्राभल्स एण्ड टुर्सका सञ्चालक सनत प्रधान पनि हुण्डी कारोबारका मास्टर माइन्ड हुन् । प्रधानले नै जेएन ज्ञवालीलाई काठमाडौं भित्र्याएर शुरुमा काम सिकाएको र अहिले ज्ञवाली ठूला कारोबारी भइसकेको स्रोतले जनायो । प्रधान पनि जेल बसेर छुटेका व्यक्ति हुन् ।
बागदरबार चाइना टाउनमा एड्भान्स मनि ट्रान्सफर र यूनियन ट्राभल्सका सञ्चालक समेत रहेका ज्ञवालीको सम्बन्ध राष्ट्रबैंकका उच्च अधिकारी र प्रहरी प्रशासन सम्म रहेको छ । ग्वान्जाओ र मकाउमा कार्यालय राखेर उनले हुण्डीको काम गर्दै आइरहेको एक व्यवसायीले बताए ।
त्यसैगरी हङकङमा बस्दै आएका धर्म गुरुङ, मिनबहादुर गुरुङ र किरण श्रेष्ठ पनि हुण्डी कारोबार गरेकै भरमा करोडपति बनेका छन् । श्रेष्ठले हुण्डी कारोबारबाट कमाएको पैसाले ललितपुरको झम्सिखेलमा होटल सञ्चालन गर्न लागेका छन् । उनी हङकङ र मकाउमा अबैध कारोबारमा खप्पिस मानिन्छन् ।
मकाउका क्यासिनोमा रोजगारीका लागि पुगेका नेपालीहरुलाई कमाएको पैसा स्वदेशमा पठाउँदा उनीहरुबीच तानातान हुने गर्दै आएको यसअिघ पनि सार्वजनिक भएको थियो । क्यासिनोमा काम गर्ने सेक्यूरिटी गार्डहरुले वेस्टर्न युनियन मनि ट्रान्सफर, आर्ईएमई जस्ता स्वीकृत प्राप्त निकायबाट पैसा पठाउन खोज्दा पनि उनीहरुले अवैध हुण्डीमार्फत पैसा पठाउन दबाब दिने गरेका छन् ।
रोजगारीको शिलशिलामा मकाउमा मात्र काम गर्ने नेपालीहरुको मासिक झण्डै पाँच मिलियन हङकङ डलर नेपाल भित्रने गर्दछ । यसरी अवैध रुपमा भित्रने पैसाले राजश्वमा प्रतिकुल प्रभाव पारेपनि नेपाल राष्ट्रबैंकले कुनै कारबाही गर्न सकेको छैन ।
धर्म गुरुङले पोखराका सिधा साधा युवतीहरुलाई हङकङ आइडी बनाइदिने भन्दै पोखराकै धिताल टुर्स एण्ड ट्राभल्सबाट हुण्डी गर्न लगाई लाखौं रकम लिने गरेको एक पीडितले बताए । धर्मको समूहले हङकङ, मकाउ, युके, जापान, मलेसिया र दुवई सम्म हुण्डीको नेटवर्क विस्तार गरिसकेको छ ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses