मन्जु माया मोक्तान सहयोगार्थ बृहत साँस्कृतिक धमाका २०७३ मा आफ्नो प्रस्तुति दिदै बाल गायिका जिग्मी छ्योकी घिसिङ...

भक्तपुर : “मञ्जु माया तामाङ् बचाऔ” अभियानमा एक्टीभ आर्टिस्ट ग्रुप भक्तपुरले शनिबार वृहत सांस्कृतिक कार्यक्रमको अायोजना गरेको थियो। बृहत साँस्कृतिक धमाकाबाट ३,००,१६० (तिन लाख एक सय एकसठी) रुपैया उठेको रकम बिरामी मञ्जु माया तामाङ्लाई प्रदान गरिएको छ ।


काभ्रेको चापाखोरी निवासी मञ्जु १२ बर्षको उमेरमा अध्याधिक ज्वरोको कारण दुवै कानको श्रवण शक्ति गुमाएका थिए । उहाँको उपचारको लागि अधिक खर्च अावश्यक परेको हुँदा अाटिष्ट ग्रुपले पनि बृहत साँस्कृतिक धमाका अायोजना गरी सहयोग जुटाएको छ ।

टुरिजम मार्केट तलेजु बैंक्वेट सुर्यबिनायक भक्तपुर गरिएको साँस्कृतिक कार्यक्रममा समस्य बिहिन संस्थाको अध्यक्ष एंव समाजसेवी सत्यमान लामाको प्रमुख अतिथिमा भएको थियोे ।
बिशेष अतिथि साहित्यकार समाजसेवी बिकु लामा,अतिथि चर्चित खलनायक बिकु थोकर, कुमार स्याङबा, दिर्गा लाल तामाङ, लगाएत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

बृहत साँस्कृतिक धमाकामा चर्चित कलाकारहरु बिजय लामा,बिश्व दोङ, बिशाल काल्तान, सजिब बाईवा,निमा दोङ,शुक्र दोङ,कुमार तामाङ,जितु लोप्चन, टेक घिसिङ, जिग्मे छ्योकी घिसिङ, श्याम पाख्रिन साथै चर्चित खलनायक बिकु थोकर लगाएत अन्य कलाकारहरुले प्रस्तुति राखिएको थियो ।  कलाकारहरूको बेजोड प्रस्तुति सँगै दर्शकहरूको उल्लेख्य भीड थियो ।

नृत्य तर्फ सरस्वती कला केन्द्र,पिपुल्स कला केन्द्र, बिहानी कला केन्द्रबाट अा अाफ्नो सांगीतिक नृत्य प्रस्तुति राखिएको थियो भने मञ्जु माया मोक्तानलाई सहयोगार्थ गरिएको कार्यक्रममा समाजसेवी तथा प्रमुख अतिथिले १,१००,००/- एकलाख दशहजार, खलनायक बिकु थोकरलेरु २१,०००/- एक्काईस हजार, समाजसेवी जेनिस दोङले रु १०,०००/-दशहजार र विभिन्न संघ संस्था,ब्यक्तिबाट उठाएको रकम रु ३००,१६०/- तीन लाख एकसय साठी रुपैयाँ उठाएका छन । कार्यक्रम एक्टिभ अार्टिस ग्रुपका संयोजक प्रयास दोङको सभापतिमा सम्पन्न भएको थियो भन्ने कार्यक्रम सञ्चालन हिरा लाल दोङ, सुदिन लामा र मिक्साङ बाईवाले गरिएको थिए ।

कार्यक्रमलार्इ सफल पार्नको लागि सहअयोजक दुच्छे क्रिएसन म्युजिक प्रा.लि. तामाङ सेमलेङ न्हान, भक्तपुर, सहयोगी संस्था खार्पाचोक युवा क्लव, सैलुङ इन्टरनेशनल प्रा.लि.भक्तपुर साथमा पिपुल्स कला केन्द्र, सरस्वती कला केन्द्र लगायत स्वयंसेवक भुमिका खार्पाचोक युवा समुहले लिएको थियोे ।
साभार: रेडियो ताम्सालिङ

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses