तिहार अघि घरबाट निकाल्नुहोस् यी ६ कुरा जीवनमा सफल हुन चाहन्छौं भने
काठमाडौं । हरेक वर्ष जुन चाडको हामी व्यग्र प्रतिक्षा गर्छौं, त्यो पर्व अर्थात् तिहार, सबैको घर दैलोमा आउनै लागेको छ । यदि तपाईं पनि माता लक्ष्मीले आफ्नो घरमाथि कृपा गरुन् भन्ने चाहनुहुन्छ भने तिहारभन्दा अघि शास्त्रमा बताइएका यी ६ काम गर्नुहोस् । यसो गर्दा तपाईंको घरमा त्यो सकारात्मक ऊर्जा बन्नेछ जसका कारण माता लक्ष्मी तपाईंको घरतर्फ आकर्षित भएर तपाईंको जीवन सुख–समृद्धि र धनले भरिपूर्ण गरिदिनेछिन् ।
फुटेको सिसा परिवर्तनः
ढोका, झ्यालमा राखिएको सिसा यदि फुटेको वा चर्किएको छ भने त्यसलाई परिवर्तन गर्नुहोस् । यदि सिसा निकै धमिलो छ र सफा गर्दा पनि राम्रो हुँदैन भने, यसलाई परिवर्तन गर्नुहोस् किनभने यसले सकारात्मक ऊर्जाको प्रवेशमा बाधा उत्पन्न गरिदिन्छ । घरको कुनै पनि कुनामा फुटेको सिसा हुनुहुँदैन ।
कौसीमा फोहोर र काम नलाग्ने सामानहरु राख्नुभएको छ भने हटाउनुहोस्ः
धेरैले घरको छतमा काम नलाग्ने सामानहरु राख्ने गर्नुहुन्छ र यसलाई सफा पनि राख्नुहुन्न । यस्तो छ भने ती सामानहरु तुरुन्त हटाउनुहोस् । छत सफा छ भने दुख, तनाव र सङ्कटमा कमी आउँछ ।
बिग्रिएको इलेक्ट्रोनिक सामानहरु घरमा नराख्नुहोस्ः
घरमा यदि बिग्रिएको इलेक्ट्रोनिक सामान छन् भने त्यसलाई बनाएर प्रयोग गर्नुहोस् र यदि त्यसो गर्न सम्भव छैन भने त्यसलाई घरबाट निकाल्नुहोस् ।
ढोकाहरु मर्मत गर्नुहोस्ः
घरको ढोका फुटेको छ वा प्लास्टर टुटेको छ भने त्यसको मर्मत गर्नुहोस् विशेष गरी किचन र बैठक कोठामा यी कुराको विशेष ध्यान दिनुपर्छ ।
मूल ढोका सफा राख्नुहोस्ः
आफ्नो घरको मूल ढोकालाई सफा पानीले धुनुहोस् । यदि ढोका काठको छ भने त्यसमा रंग रोगन गरेर सिन्दुरले स्वस्तिकको चिन्ह बनाउनुहोस् ।
ऋणको बोझ आफ्नो काँधबाट हटाउनुहोस्ः
यदि तपाईंले कसैबाट पैसा सापटी लिनुभएको छ भने त्यसलाई तुरुन्त चुक्ता गर्न कोशिस गर्नुहोस् । शास्त्रका अनुसार जसको शिरमा ऋण छ, त्यसको घरमा माता लक्ष्मीले बास गर्दिनन् ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses