लोकमानको निकटता देखाउँदै करोडौं ठग्दै आएका अख्तियारका सुराकी पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि सुराकीको काम गर्दै आएका एकजना सर्वसाधारणबाट करौडौं ठगेको आरोपमा पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी आरोपमा फरार रहेका वीरगञ्ज–१३ का मुञ्चुनप्रसाद बर्मालाई मंगलबार पक्रेको हो ।

प्रहरीका अनुसार बर्माले प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयोगसँगको निकटता देखाउदै वीरगञ्ज, काठमाडौं र ललितपुरका सर्वसाधारणबाट करौडौं रकम उठाएका हुन । बर्माले सुरुवातमा संचालक रहेको जावलाखेल पेट्रोल पम्प सहित अन्य ब्यवसाय देखाउदै ब्यवसायी र सर्वसाधारणसँग निकटता बढाउने गरेका थिए । बर्मालाई विश्वास गरेर रकम दिने र उनैले खाली चेकमा नाम भरेर रकम निकालेको जाहेरी परिसरमा परेको हो । परिसरका अनुसार वीरगञ्जमा आठकरोड, ललितपुरमा दुई करोड र काठमाडौंमा तीन करोड बर्माले ठगी गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

‘मान्छेलाई विभिन्न प्रभाव देखाएर विश्वासमा लिने र ठगीगर्ने गरेको देखियो, थप अनुसन्धानका लागि म्याद लिएका छौ,’ परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले भने । उनका अनुसार बर्मा लागुऔषध र नक्कली भारतीय नोटको कारोबारमा समेत पक्राउ परि सजाय भुक्तान गरेका अभियुक्त हुन ।

परिसरले बर्मा पुनः नक्कली भारतीय नोट र लागुऔषधको कारोबारमा संलग्न रहेको आशंकामा समेत अनुसन्धान सुरु गरेको छ । ‘बर्माको पुरानो र नयाँ दुबै सम्पर्क ब्यक्ती र सम्बन्ध केलाउदै छौ, ठगी बाहेक अन्य अपराधमा संलग्न भएको आशंका समेत छ,’ थापाले थपे । आजको नागरिक दैनिकमा खबर छ ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses