गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति सामाजिक संजालमा विवादित

७ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गरेकी छन् । हेलिकोप्टरमा परिवारका सदस्यसहित भण्डारी छिन्नमस्ता पुगेकी हुन् ।

हेलिकोप्टरबाट ओर्लेपछि करिब दुई सय मिटर पैदल हिँडेर राष्ट्रपति भण्डारी र उनका दुई छोरी उषाकिरण र निशाकुसुम मन्दिर परिसरमा पुगे । जहाँ सेना, सशस्त्र, नेपाल प्रहरी, तालिमप्राप्त कुकुर र राष्ट्रपति कार्यालयको विशेष सुरक्षा टिम परिचालित थियो ।

सेनाका चार जवान भने राष्ट्रपति र उनका छोरीहरुका जुत्ता–चप्पल बोक्न ब्यस्त थिए । उपल्ला सैनिक अधिकारी र राष्ट्रपति कार्यालयका कर्मचारीका जुत्ता–चप्पल बोक्ने काम पनि सेनाका जवानले गरेका अाजको नयाँ पत्रिकामा समाचार छ ।
के राष्ट्रपतिको परिवारले लगाएको जुत्ता र चप्पल मन्दिरको जुत्ता र चप्पल राखेको ठाउमा राख्न मिल्दैन र ?
मन्दिरको प्रवेशद्वार छेउमा राखिएका जुत्ता–चप्पल सेनाका जवानले त्यहाँबाट बोकेरमन्दिरको निकासद्वारसम्म पुर्याए । जुत्ता–चप्पल बोक्ने कामका खटाइएका सैनिकको तस्वीर खिचिरहेका सञ्चारकर्मीलाई सेनाका उच्च अधिकारीले निकासद्वाराबाट हटएका थिए ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses