कति ताैल भएको मानिसले दिनमा कति लिटर पानी पिउनुपर्छ ?

३० असोज, काठमाडौं । हामीमध्ये धेरै जना निकै तिर्खा लाग्दा मात्र पानी पिउँछौं । तर, त्यस्तो बानीले शरीरमा आवश्यक पर्ने पानीको कमी भएर डिहाइड्रेशन हुने गर्छ । डिहाइड्रेशनका कारण शरीरमा विभिन्न खाले समस्या उत्पन्न सक्छ । तर, यसबारे आम जनतालाई पर्याप्त जानकारी नहुँदा विश्वका आधाभन्दा बढी मानिस अञ्जानमै डिहाइडे्रशनका कारण विभिन्न रोगको सिकार हुने गर्छन् ।

शरीरमा पानीको कमी भए-नभएको तथा पानीको कमीले शरीरमा हुन सक्ने विभिन्न असरबाट बच्न यसरी थाहा पाउन सक्नुहुनेछ । यति थाहा पाए मात्र पनि तपाईं विभिन्न रोगबाट बच्न सक्नुहुनेछ ।

शरीरमा डिहाइड्रेशन (पानीको कमी भएको) थाहा पाउन तरीकाः

हल्का तथा मध्यम खाले डिहाइड्रेसनको लक्षण

· प्यास लाग्नु
· मुख सुक्नु
· थकान महसुस हुनु
· चिन्तित तथा झिँजो लाग्नु
· सुख्खा पहेंलो पिसाब, पिसाबको कमी
· सुख्खा छाला
· कब्जियत
· टाउको दुख्ने
· रिँगटा लाग्नु
· एकोहोरिनु
· सास गन्हाउने
· गुलियो खान मन लाग्नु
· मांसपेशी बाउँडिनु

कडा प्रकारको डिहाइड्रेशनको लक्षण

· कडा प्यास लाग्नु
· मुटुको धड्कन बढ्नु
· न्यून रक्तचाप
· छिटो-छिटो श्वास फेर्नु
· चेतनाको कमी
· छाला हदैसम्म सुख्खा हुनु र फुट्न थाल्नु
· धेरै रिँगटा लाग्नु
· कम पिसाब लाग्नु, पिसाब पहेलो हुनु
· अधिक गर्मीमा पनि कम पसिना बग्नु वा कडा व्यायाम गर्दा कम पसिना आउनुु

शरीरमा पानी भए-नभएको पत्ता लगाउने साधारण तरिका

· हत्केलाको पछाडिको छाला चिमोटेर तन्काउने ।
· छाला तन्किएर तुरुन्तै आफ्नो ठाउँमा बस्यो भने तपाइर्ंको शरीरमा पानीको मात्रा पर्याप्त छ ।
· यदि छाला सामान्य अवस्था फर्किन समय लाग्यो भने थाहा हुन्छ, शरीरमा पानीको कमी छ ।

दिनमा कति पानी पिउनु जरुरी हुन्छ ?

शरीरको तौल अनुसार  दैनिक पिउनुपर्ने पानीको मात्रा

९ (एक गिलास) ०.२५ लिटर
१८ (दुई गिलास) ०.५ लिटर
२७ (तीन गिलास) ०.७५ लिटर
३६ (चार गिलास) १ लिटर
४५ (पाँच गिलास) १.२५ लिटर
५४ (६ गिलास) १.५ लिटर
६३ (सात गिलास) १.७५ लिटर
७२ (आठ गिलास) २ लिटर
८१ (नौ गिलास) २.२५ लिटर
९० (दश गिलास) २.५ लिटर
९९ (एघार गिलास) २.७५  लिटर
१०८ (बाह्र गिलास) ३ लिटर
११७ (तेह्र गिलास) ३.३५ लिटर

मानिसको शरीर झण्डै ६० देखि ८० प्रतिशत पानी मिलेर बनेको छ । यदि हामीले शरीरलाई आवश्यक पर्ने पानी पिएनौं भने हाम्रो शरीरमा भएको पानी विभिन्न माध्यमबाट हराएर जान्छ । यसले शरीरमा पानीको कमी मात्र हुन दिँदैन, हाम्रो शरीरमा विभिन्न समस्या समेत उत्पन्न गराउँछ ।

· रगतबाट (करिब ८ प्रतिशत )

यसले रक्तनली साँघुरो बनाउनुका साथै रगत जमाउँछ । त्यस्तै, उच्च रक्तचाप, हृदयाघात तथा स्ट्रोकको जोखिम बढाउँछ ।

· मस्तिष्कबाट (झण्डै २६ प्रतिशत)

यसले एसिडिटी बढाउनुका साथै गाउट, मिर्गौलाको पत्थरीको जोखिम बढाउनुका साथै हड्र्डीलाई कमजोर पर्छ । त्यसैगरी, शरीरको प्रतिरशषा शक्ति (रोगसित लड्ने शक्ति ) मा ह्रास ल्याउँछ ।

· कोषिकाबाट (झण्डै ६६ प्रतिशत)

हाम्रो कोषिकामा पानीको कमी भएमा यसले कोलेस्ट्रोरको मात्रा उच्च गराउनुका साथै मेटाबोलिज्मको कमी गराई छाला चाउरी पार्छ । त्यस्तै, कोषिकामा पानीको कमी हुनाले यसले शरीरमा भएका बोसोलाई प्रभावकारी रुपमा पगाल्न नसकी मोटोपना बढाउँछ ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses